• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पौडेल अर्थमन्त्री भएको दुई दिनमा सेन्चूरी कायम गरेको सेयर बजारको उचाई दीर्घकालीन कि अल्पकालीन?

64x64
सुमित्रा कार्की बिहीबार, पुस १४, २०७९  ०६:४४
1140x725

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री हुने परिस्थिति निर्माण भएसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुने आकलन सुरु भइसकेको थियो। आइतबार क्रिसमसका कारण बन्द रहेको सेयर बजार सोमबार प्रिःओपनिङ सेसनबाटै बढ्न सुरु गर्‍यो। सोमबार दिउँसोसम्म पौडेल अर्थमन्त्री हुने निश्चित भइसकेको थियो। परिणमतः सोमबार र मंगलबार दुई दिनमै सेयर बजारले सेन्चूरी कायम गर्‍यो।

सोमबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेको थियो। यसैगरी, यसदिन सेयर कारोबार रकम पनि २ अर्ब रुपैयाँ नाघेको थियो। यसअघिको कारोबार दिन बिहीबार भने सेयर बजार नयाँ सरकारको पर्खाईमा देखिन्थ्यो। 

बिहीबार सेयर बजार सामान्य दबाबको सामना गर्दै थोरैमात्र घटेर बन्द भएको थियो। बिहीबार नेप्से सूचक ०.०१ अंकले १८६७.२१ विन्दुमा आएको थियो। बिहीबार कारोबार रकम १ अर्ब ११ करोड रुपैयाँ बराबरमात्र भयो। अघिल्लो हप्ताको अन्तिम कारोबारको तुलनामा सोमबार कारोबार रकम पनि दोब्बरले वृद्धि भएको थियो।

पौडेलले सोमबार ४ बजे सेयर काराबार बन्द भइसकेपछि सपथ ग्रहण गरेका थिए। पौडेलले सपथ ग्रहण गरेको पहिलो कारोबार दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखियो। सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्री जस्तै मानिएका पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि सेयर बजार हाफ सेन्चूरीभन्दा धेरै अंकले बढ्यो। 

मंगलबार सेयर बजार मापन गर्ने सूचक नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा आयो। मंगलबार सूचकसँगै सेयर कारोबार रकममा पनि दोब्बरले वृद्धि भयो। यस दिन ३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। 

तर, अर्थमन्त्री नियुक्त भएको दोस्रो कारोबार दिन बुधबार भने सेयर बजार सामान्य घटेको छ। बुधबार सेयर बजार मापन गर्ने सूचक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा आइपुग्यो। अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि गिरावट आएको छ।

बुधबार सेयर बजारमा दुई अर्ब १५ करोड रुपैयाँ बराबरमात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। यसकारण दुईदिनमा सेयर बजारमैत्री अर्थमन्त्री पाएको मनोवैज्ञानिक आधारका कारण बढेको सेयर बजार दीर्घकालीन बढ्नेमा आशंका छ। 

तर, केही जानकारहरुले बुधबारको सेयर बजार घटाईलाई करेक्सनको रुपमा लिएका छन्। नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सेयर बजारका जानकार छोटेलाल रौनियार बुधबारको सेयर बजार घटाईलाई करेक्सनको रुपमा लिन्छन्। उनी भन्छन्, ‘दुईदिन भारी अंकले बढेको सेयर बजारमा तेस्रोदिन सामान्य घट्नु करेक्सन हो।’

Ncell 2
Ncell 2
nimb
nimb

बजारको वृद्धि अल्पकालीन कि दीर्घकालीन? 
यस हप्ता दुईदिन बढेको सेयर बजार अल्पकालीन हो वा दीर्घकालीन भन्नसक्ने अवस्था नरहेको बैंकर तथा सेयर बजार विश्लेषक अनिलराज भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘नयाँ सरकार गठन भएको छ। यो भन्दा अगाडि एमालेको सरकार हुँदा सेयर बजारमा सकारात्मक माहोल बनेको देखिन्छ। त्यसको मनोवैज्ञानिक असरले दुईदिन सेयर बजार बढेको छ। बजार घटेको बेला केही सकारात्मक समाचारहरु आउँदा सेयर बजारमा पनि यसको असर देखिएको हो। तर, बुधबार बजार केही घटेको छ। यसकारण सेयर बजार निरन्तर उकालो लाग्छ कि ओरालो यो अहिल्यै अनुमान गर्न सकिन्न।’

भट्टराईका अनुसार विगतका दिनमा अहिले जस्तो आर्थिक समस्या देशमा देखिएको थिएन। ‘अहिले ब्याजदर महंगो भएको छ। बजारमा लगानीयोग्य रकमको अभाव पनि छ। अर्थतन्त्रका अन्य क्षेत्र पनि केही समस्यामा देखिन्छन्। यसकारण पनि बजारबारे यसैभन्न सकिन्न।’ विगत एकवर्ष अगाडिबाट सेयर बजार घट्नुको कारण नेपाल राष्ट्र बैंक लगायतका निकायले लिएका कडा नीति भएको जानकार बताउँछन्। 

यसैगरी, नेपाल राष्ट्र बैंक र सरकार (पूर्वअर्थमन्त्री जनार्दन शर्मा) बीचको सम्बन्धमा देखिएको टक्करका कारण पनि सेयर बजारमा नकारात्मक प्रभाव परेको जानकारहरुको बुझाई छ। 

दीर्घकालीन रुपमा सेयर बजार बढ्नको लागि नेपाल राष्ट्र बैंकले आगामी दिनमा लिने नीतिगत निर्णयहरु केही लचिलो भयो भने टेवा पुग्ने भट्टराई बताउँछन्। ‘नेपाल राष्ट्र बैंकले अब माघमा मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउँछ। यसमा सरकार र राष्ट्र बैंक मिलेर अहिले देखिएको समस्या समाधान गर्न लचिलो खालको नीति तथा कार्यक्रमहरु लगायत मौद्रिक औजारहरु ल्याइयो भने त्यसले सेयर बजार वृद्धि दीर्घकालीन हुने देखिन्छ,’ भट्टराई भन्छन्। 

अहिलेको अवस्थामा सेयरमा बजारमा सामान्य उत्तार चढाव देखिने उनको बुझाई छ। एक सेयर बजारका जानकार बताउँछन्, ‘अहिले एमालेको फेबरमा सरकार बनेको छ। यता नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि सरकार फेबरकै हुन् भन्ने मेरो बुझाई छ। यसले गर्दा पनि लगानीकर्ताको मनोभावना के छ भने अब गर्भनरले सरकारको फेबरमा रहेर काम गर्छन्। यता अर्थमन्त्री पनि सेयर बजारप्रति सकारात्मक छन्। यसले सेयर बजारको उचाई दीर्घकालीन हुन्छ।’

पौडेल कसरी भए सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्री? 
यसअघि तीन पटकसम्म अर्थमन्त्री भएका पौडेल चौथोपटक अर्थमन्त्री हुँदा लगानीकर्ताले सेयर बजारका लागि भाग्यमानी र सेयर बजारमैत्री अर्थमन्त्री आएको बताउँदै आएका छन्। २०७३ सालमा पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले अलटाईम हाई रेकर्ड बनाएको थियो। 

२०७३ साउनमा सेयर बजार यस्तो रेकर्ड बनाउँदै १८८० विन्दुमा पुगेको थियो। यो बेला ११ विन्दुको हाराहारीमा रहेको सेयर बजारले १८ सयभन्दा माथिल्लो विन्दु कायम गर्दै अलटाईम हाई रेकर्ड बनाएको हो। तर, उनको कार्यकाल सकिएसँगै सेयर बजार ओरालो लागेको जानकारहरु बताउँछन्।

२०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेल ओलीको दोस्रो कार्यकालमा अटाएनन्। दोस्रो कार्यकालको सुरुवातमा डा युवराज खतिवडा अर्थमन्त्री थिए। खतिवडा अर्थमन्त्री हुँदा उनले सेयर बजारको बारेमा गरेका नकारात्मक टिप्पणीका कारण उनलाई सेयर बजारको लागि उपयूक्त अर्थमन्त्री मानिएको थिएन। पूर्वअर्थमन्त्री डा खतिवडाले अनुत्पादक क्षेत्र र सेयर बजारमाभन्दा निक्षेपमा पैसा राख्दा धेरै फाइदा हुने लगायत अभिव्यक्ति दिएका कारण सेयर बजारलाई नकारात्मक असर परेको भन्दै लगानीककर्ताले खतिवडालाई खासै रुचाएनन्। 

अर्थमन्त्री भएको पहिलो चरणमा सेयर बजारको लागि नकारात्मक टिप्पणी गरे पनि खतिवडाले पछिल्लो समय भने सेयर बजार लागि धेरै नीतिगत सुधारहरु गरेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सेयर बजार जानकार छोटेलाल रौनियारले बताए। 

राष्ट्रिय सभामा दुईवर्षे कार्यकाल सकिएपछि पनि थप केही महिना अर्थमन्त्री बनेका खतिवडा बाहिरिएपछि २०७७ असोजमा पुन: विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भए। उनी अर्थमन्त्री भएका बेला कोरोना महामारीका कारण अन्य क्षेत्रको व्यापार व्यवसाय ठप्प थियो। त्यसै कारण पनि सेयर बजारमा सोचे अनुरुप बढेको थियो।  

२०७८ असारमा शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भयो। अर्थमन्त्रीमा जनार्दन शर्मा आए। उनी मन्त्री भएको केही दिनमै सेयर बजार ओरालो लाग्न थालेको थियो। 

‘एमालेको सरकारले सेयर बजारलाई सकारात्मक तरिकाले नै हेरिरहेको छ। अहिले एमालेको फेबरमा सरकार बनेको छ। यसमा पनि पौडेल सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्रीका रुपमा स्थापित भइसकेका हुन्। यसले गर्दा अबको दिनमा सरकारले सेयर बजारप्रति गर्ने नीतिगत कामहरु सकारात्मक हुन्छन् भन्ने आशा छ,’ रौनियार भन्छन्। 

रौनियारका अनुसार पौडेलले अहिलेसम्म सेयर बजारका नीतिगत कुराहरु सुनेर समस्याको सम्बोधन गरेका कारण उनलाई सेयर बजारको लागि भाग्यमानी अर्थमन्त्री मानिएको हो।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... सोमबार, भदौ २२, २०८३
वैकल्पिक मार्गबाट दुई दिनमा भित्रिए ५८ हजार बढी सिलिन्डर गएको भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि न... आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसा... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
एमभी दुगड समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग सोमबार, भदौ २२, २०८३
गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्