• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २३, २०८२ Sun, Nov 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पौडेल अर्थमन्त्री भएको दुई दिनमा सेन्चूरी कायम गरेको सेयर बजारको उचाई दीर्घकालीन कि अल्पकालीन?

64x64
सुमित्रा कार्की बिहीबार, पुस १४, २०७९  ०६:४४
1140x725

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार प्रधानमन्त्री हुने परिस्थिति निर्माण भएसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुने आकलन सुरु भइसकेको थियो। आइतबार क्रिसमसका कारण बन्द रहेको सेयर बजार सोमबार प्रिःओपनिङ सेसनबाटै बढ्न सुरु गर्‍यो। सोमबार दिउँसोसम्म पौडेल अर्थमन्त्री हुने निश्चित भइसकेको थियो। परिणमतः सोमबार र मंगलबार दुई दिनमै सेयर बजारले सेन्चूरी कायम गर्‍यो।

सोमबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेको थियो। यसैगरी, यसदिन सेयर कारोबार रकम पनि २ अर्ब रुपैयाँ नाघेको थियो। यसअघिको कारोबार दिन बिहीबार भने सेयर बजार नयाँ सरकारको पर्खाईमा देखिन्थ्यो। 

बिहीबार सेयर बजार सामान्य दबाबको सामना गर्दै थोरैमात्र घटेर बन्द भएको थियो। बिहीबार नेप्से सूचक ०.०१ अंकले १८६७.२१ विन्दुमा आएको थियो। बिहीबार कारोबार रकम १ अर्ब ११ करोड रुपैयाँ बराबरमात्र भयो। अघिल्लो हप्ताको अन्तिम कारोबारको तुलनामा सोमबार कारोबार रकम पनि दोब्बरले वृद्धि भएको थियो।

पौडेलले सोमबार ४ बजे सेयर काराबार बन्द भइसकेपछि सपथ ग्रहण गरेका थिए। पौडेलले सपथ ग्रहण गरेको पहिलो कारोबार दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखियो। सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्री जस्तै मानिएका पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि सेयर बजार हाफ सेन्चूरीभन्दा धेरै अंकले बढ्यो। 

मंगलबार सेयर बजार मापन गर्ने सूचक नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा आयो। मंगलबार सूचकसँगै सेयर कारोबार रकममा पनि दोब्बरले वृद्धि भयो। यस दिन ३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। 

तर, अर्थमन्त्री नियुक्त भएको दोस्रो कारोबार दिन बुधबार भने सेयर बजार सामान्य घटेको छ। बुधबार सेयर बजार मापन गर्ने सूचक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा आइपुग्यो। अघिल्लो कारोबार दिन मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि गिरावट आएको छ।

बुधबार सेयर बजारमा दुई अर्ब १५ करोड रुपैयाँ बराबरमात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। यसकारण दुईदिनमा सेयर बजारमैत्री अर्थमन्त्री पाएको मनोवैज्ञानिक आधारका कारण बढेको सेयर बजार दीर्घकालीन बढ्नेमा आशंका छ। 

तर, केही जानकारहरुले बुधबारको सेयर बजार घटाईलाई करेक्सनको रुपमा लिएका छन्। नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सेयर बजारका जानकार छोटेलाल रौनियार बुधबारको सेयर बजार घटाईलाई करेक्सनको रुपमा लिन्छन्। उनी भन्छन्, ‘दुईदिन भारी अंकले बढेको सेयर बजारमा तेस्रोदिन सामान्य घट्नु करेक्सन हो।’

Ncell 2
Ncell 2

बजारको वृद्धि अल्पकालीन कि दीर्घकालीन? 
यस हप्ता दुईदिन बढेको सेयर बजार अल्पकालीन हो वा दीर्घकालीन भन्नसक्ने अवस्था नरहेको बैंकर तथा सेयर बजार विश्लेषक अनिलराज भट्टराई बताउँछन्।

उनी भन्छन्, ‘नयाँ सरकार गठन भएको छ। यो भन्दा अगाडि एमालेको सरकार हुँदा सेयर बजारमा सकारात्मक माहोल बनेको देखिन्छ। त्यसको मनोवैज्ञानिक असरले दुईदिन सेयर बजार बढेको छ। बजार घटेको बेला केही सकारात्मक समाचारहरु आउँदा सेयर बजारमा पनि यसको असर देखिएको हो। तर, बुधबार बजार केही घटेको छ। यसकारण सेयर बजार निरन्तर उकालो लाग्छ कि ओरालो यो अहिल्यै अनुमान गर्न सकिन्न।’

भट्टराईका अनुसार विगतका दिनमा अहिले जस्तो आर्थिक समस्या देशमा देखिएको थिएन। ‘अहिले ब्याजदर महंगो भएको छ। बजारमा लगानीयोग्य रकमको अभाव पनि छ। अर्थतन्त्रका अन्य क्षेत्र पनि केही समस्यामा देखिन्छन्। यसकारण पनि बजारबारे यसैभन्न सकिन्न।’ विगत एकवर्ष अगाडिबाट सेयर बजार घट्नुको कारण नेपाल राष्ट्र बैंक लगायतका निकायले लिएका कडा नीति भएको जानकार बताउँछन्। 

यसैगरी, नेपाल राष्ट्र बैंक र सरकार (पूर्वअर्थमन्त्री जनार्दन शर्मा) बीचको सम्बन्धमा देखिएको टक्करका कारण पनि सेयर बजारमा नकारात्मक प्रभाव परेको जानकारहरुको बुझाई छ। 

दीर्घकालीन रुपमा सेयर बजार बढ्नको लागि नेपाल राष्ट्र बैंकले आगामी दिनमा लिने नीतिगत निर्णयहरु केही लचिलो भयो भने टेवा पुग्ने भट्टराई बताउँछन्। ‘नेपाल राष्ट्र बैंकले अब माघमा मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउँछ। यसमा सरकार र राष्ट्र बैंक मिलेर अहिले देखिएको समस्या समाधान गर्न लचिलो खालको नीति तथा कार्यक्रमहरु लगायत मौद्रिक औजारहरु ल्याइयो भने त्यसले सेयर बजार वृद्धि दीर्घकालीन हुने देखिन्छ,’ भट्टराई भन्छन्। 

अहिलेको अवस्थामा सेयरमा बजारमा सामान्य उत्तार चढाव देखिने उनको बुझाई छ। एक सेयर बजारका जानकार बताउँछन्, ‘अहिले एमालेको फेबरमा सरकार बनेको छ। यता नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी पनि सरकार फेबरकै हुन् भन्ने मेरो बुझाई छ। यसले गर्दा पनि लगानीकर्ताको मनोभावना के छ भने अब गर्भनरले सरकारको फेबरमा रहेर काम गर्छन्। यता अर्थमन्त्री पनि सेयर बजारप्रति सकारात्मक छन्। यसले सेयर बजारको उचाई दीर्घकालीन हुन्छ।’

पौडेल कसरी भए सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्री? 
यसअघि तीन पटकसम्म अर्थमन्त्री भएका पौडेल चौथोपटक अर्थमन्त्री हुँदा लगानीकर्ताले सेयर बजारका लागि भाग्यमानी र सेयर बजारमैत्री अर्थमन्त्री आएको बताउँदै आएका छन्। २०७३ सालमा पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले अलटाईम हाई रेकर्ड बनाएको थियो। 

२०७३ साउनमा सेयर बजार यस्तो रेकर्ड बनाउँदै १८८० विन्दुमा पुगेको थियो। यो बेला ११ विन्दुको हाराहारीमा रहेको सेयर बजारले १८ सयभन्दा माथिल्लो विन्दु कायम गर्दै अलटाईम हाई रेकर्ड बनाएको हो। तर, उनको कार्यकाल सकिएसँगै सेयर बजार ओरालो लागेको जानकारहरु बताउँछन्।

२०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्दा अर्थमन्त्री बनेका पौडेल ओलीको दोस्रो कार्यकालमा अटाएनन्। दोस्रो कार्यकालको सुरुवातमा डा युवराज खतिवडा अर्थमन्त्री थिए। खतिवडा अर्थमन्त्री हुँदा उनले सेयर बजारको बारेमा गरेका नकारात्मक टिप्पणीका कारण उनलाई सेयर बजारको लागि उपयूक्त अर्थमन्त्री मानिएको थिएन। पूर्वअर्थमन्त्री डा खतिवडाले अनुत्पादक क्षेत्र र सेयर बजारमाभन्दा निक्षेपमा पैसा राख्दा धेरै फाइदा हुने लगायत अभिव्यक्ति दिएका कारण सेयर बजारलाई नकारात्मक असर परेको भन्दै लगानीककर्ताले खतिवडालाई खासै रुचाएनन्। 

अर्थमन्त्री भएको पहिलो चरणमा सेयर बजारको लागि नकारात्मक टिप्पणी गरे पनि खतिवडाले पछिल्लो समय भने सेयर बजार लागि धेरै नीतिगत सुधारहरु गरेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा सेयर बजार जानकार छोटेलाल रौनियारले बताए। 

राष्ट्रिय सभामा दुईवर्षे कार्यकाल सकिएपछि पनि थप केही महिना अर्थमन्त्री बनेका खतिवडा बाहिरिएपछि २०७७ असोजमा पुन: विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भए। उनी अर्थमन्त्री भएका बेला कोरोना महामारीका कारण अन्य क्षेत्रको व्यापार व्यवसाय ठप्प थियो। त्यसै कारण पनि सेयर बजारमा सोचे अनुरुप बढेको थियो।  

२०७८ असारमा शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भयो। अर्थमन्त्रीमा जनार्दन शर्मा आए। उनी मन्त्री भएको केही दिनमै सेयर बजार ओरालो लाग्न थालेको थियो। 

‘एमालेको सरकारले सेयर बजारलाई सकारात्मक तरिकाले नै हेरिरहेको छ। अहिले एमालेको फेबरमा सरकार बनेको छ। यसमा पनि पौडेल सेयर बजारका लागि भाग्यमानी अर्थमन्त्रीका रुपमा स्थापित भइसकेका हुन्। यसले गर्दा अबको दिनमा सरकारले सेयर बजारप्रति गर्ने नीतिगत कामहरु सकारात्मक हुन्छन् भन्ने आशा छ,’ रौनियार भन्छन्। 

रौनियारका अनुसार पौडेलले अहिलेसम्म सेयर बजारका नीतिगत कुराहरु सुनेर समस्याको सम्बोधन गरेका कारण उनलाई सेयर बजारको लागि भाग्यमानी अर्थमन्त्री मानिएको हो।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज १७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक गत हप्ताबाट लामोसमयका लागि अर्थात् १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पनि दीर्घकालिन निक्षेप संकलन गर्न लागेको हो। बुधबार, कात्तिक १९, २०८२
प्रतितोला ११ सय रुपैयाँले घट्यो सुन नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार ३... बुधबार, कात्तिक १९, २०८२
सुनको मुल्य घट्यो अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो। असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ। असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
अब घुसखोरी, पार्टीगत लेवी र कमिसनको सञ्जाल सह्य हुँदैन : प्रधानमन्त्री कार्की शनिबार, कात्तिक २२, २०८२
रास्वपाको महाधिवेशन चुनावको ६ महिनापछि शनिबार, कात्तिक २२, २०८२
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामा शनिबार, कात्तिक २२, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
भोलिदेखि भारतसँग जोडिएको मधेस प्रदेशको सीमानाका बन्द हुँदै शुक्रबार, कात्तिक २१, २०८२
पूर्वमन्त्री आफताव आलमको मृत्यु शनिबार, कात्तिक २२, २०८२
हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित शुक्रबार, कात्तिक २१, २०८२
हङकङ सिक्सेस: अफगानिस्तानले दियो ११३ रनको लक्ष्य, रासिदको ह्याट्रिकसहित चार विकेट शुक्रबार, कात्तिक २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
कुलमानको निर्णयविरुद्ध अदालत गए हितेन्द्र सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्