काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन्।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार बिहान बालुवाटारबाट धुम्बाराही भाडाको घरमा सरेपछि प्रधानमन्त्री प्रचण्ड सरेका हुन्।
प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ निजी निवास खुमलटारबाट बालुवाटार सरेका हुन्।
निवर्तमान प्रधानमन्त्री देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेकाले उनी बालुवाटारबाट डेरामा सरेका हुन्।
यता, प्रधानमन्त्री प्रचण्ड भने साइत हेराएर बालुवाटार सरेका हुन्। उनका लागि ज्योतिष टीकाराम घिमिरेले बेलुका ५ बजेको साइत सुझाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।