• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ १६, २०८३ Sat, May 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल: परराष्ट्र सम्बन्धमा चुनौतीका चाङ

64x64
ईश्वर बराल बुधबार, पुस १३, २०७९  १४:०२
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ दलीय गठबन्धनको नेतृत्व गर्दै आइतबार नेपालका प्रधानमन्त्री नियुक्त भए। प्रचण्ड पछिल्लो १५ वर्षमा तेस्रोपटक प्रधानमन्त्री भएका हुन्। माैजुदा गठबन्धन तोडेर नयाँ गठबन्धनबाट प्रधानमन्त्री भएका प्रचण्डले गर्नुपर्ने कामहरुको कैयौँ सूची सार्वजनिक भइरहेका छन्। देशभित्रका अनेकन चुनौतीहरुसँगै विदेश सम्बन्धमा पनि उनी कत्तिको खरो उत्रिन सक्छन् भन्ने आगामी दिनहरुले स्पष्ट पार्दै जाने छन्।

पहिलो कार्यकाल: अल्मलिएको विदेश नीति
२०६५ साउनमा पहिलोपटक प्रधानमन्त्री भए लगत्तै प्रचण्ड चीन गएका थिए। नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परा रहे पनि उनले भने संयोगवश चीनबाट भ्रमण सुरु गर्नुपरेको थियो। त्यतिबेला कूटनीतिक वृत्तमा अनेक टिकाटिप्पणी भयो।

बेइजिङमा आयोजित ओलम्पिक्सको समापन कार्यक्रममा पुगेका प्रचण्डले स्वदेश फर्किने क्रममा पहिलो राजनीतिक भ्रमण भारतबाटै सुरु गर्ने विवादास्पद अभिव्यक्ति दिए। सोहीअनुसार, अर्को महिनामै भारतको भ्रमण गरे। त्यतिबेला सन् १९५० को सन्धि पुनरावलोकनको विषयले खुबै चर्चा पायो।

उक्त कार्यकालमा प्रचण्डको भारतसँग राम्रो सम्बन्ध बन्न सकेन। प्रचण्ड नेतृत्वको सरकारले पशुपतिको मूल भट्ट भारतीय हुने परम्परा तोडेर नेपाली भट्ट नियुक्त गरेसँगै सम्बन्धमा तिक्तता सुरु भएको थियो। 

यस्तै, तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरेपछि उनको नेतृत्वको सरकार नै ढल्यो। भारतले राष्ट्रपतिलाई प्रयोग गरेर कटवालको थमौती गरेको भन्दै प्रचण्डले आलोचना गर्ने गरेका थिए। यद्यपि उनैले बर्खास्त गर्नुअघि भारतसँग कुरा गर्न चाहेको थिएँ भन्ने सार्वजनिक अभिव्यक्ति पनि दिए।

सत्ताबाट बाहिरिएपछि माओवादीले राष्ट्रियतालाई केन्द्रमा राखेर आन्दोलन गर्‍यो। सीमा क्षेत्रमा सभाहरु गर्‍यो।

प्रचण्डको बहिर्गमनपछि बनेको एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकारलाई प्रचण्डले ‘कठपुतली’ को संज्ञा दिए। साथै, ‘सीधै दिल्लीसँग वार्ता गर्ने’ विवादित अभिव्यक्ति दिए। तत्कालीन समयमा प्रचण्ड नेतृत्वको सरकार र सरकारबाट बाहिरिएपछि उनले दिएका अभिव्यक्तिले नेपालको आन्तरिक समस्यालाई दिल्लीसँग जोड्ने प्रयत्न मात्रै गरेन, यहाँको आन्तरिक शक्ति र सरोकारवालादेखि राष्ट्रियतासम्मलाई अवमूल्यन गरिदियो। सबैभन्दा ठूलो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको अभिव्यक्तिलाई धेरैले बेइज्जतीपूर्ण ठहर गरे।

यो पनि पढ्नुहोस

प्रचण्ड अर्थात् कूटनीति गिजोलिरहने ‘कच्चा खेलाडी’

सरकारको नेतृत्वमा रहँदादेखि सुझबुझपूर्ण ढंगले विदेश नीतिलाई अंगीकार गर्न नसकेकाले प्रचण्ड नेतृत्वको सरकार संसद्‌मा ठूलो दल भएर पनि उक्त समयमा प्रतिपक्षमा पुगेको जानकारहरु बताउँछन्।

nimb
nimb
Ncell 2
Ncell 2

दोस्रो कार्यकाल: सम्झनायोग्य छैन
२०७२ वैशाखमा आएको भूकम्पपछि नेपालको राजनीतिक परिदृश्य यसरी फेरियो कि संविधान निर्माणमा कांग्रेस–एमालेको विरुद्धमा मोर्चाबन्दी गरिरहेका प्रचण्ड संविधान जारी गर्ने विषयमा सहमति खोज्दै संवादमा आए। सोही वर्ष असोजमा नेपालको संविधान जारी भयो। उक्त संविधानलाई रोक्न विशेष गरी भारत र प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत तत्कालीन विदेश सचिव (हाल विदेश मन्त्री) एस जयशंकर काठमाडौं उत्रिँदा पनि काठमाडौंका मुख्य तीन शक्ति (कांग्रेस, एमाले र माओवादी) पछि हटेनन्। यसको बदलामा  नेपालले नाकाबन्दी खेप्नुपर्‍यो।

यही पृष्ठभमिमा एमाले र माओवादीले गठबन्धन गरेर सरकार गठन गरे। एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा बनेको सरकारले मूलत: भारत विरोधी जनमत तयार गर्‍यो। भारतीय नाकाबन्दीले पनि ओलीलाई त्यसो गर्न  सजिलो बनायो। तर सत्ता सहयात्री माओवादीलाई सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री ओलीले आनाकानी गरेपछि प्रचण्डले प्रतिपक्षी कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गरे।

२०७३ साउनबाट दोस्रोपटक सरकारको नेतृत्व सुरु गरेका प्रचण्डको विदेश सम्बन्धमा भने अघिल्लो पटक जस्तो तिक्तता देखिएन। उनको ४ दिने राजकीय भ्रमणलाई भारतीय पक्षले महत्त्व दिएको थियो। नाकाबन्दीपछि भारतको नेपालमा बिग्रँदो छविका बाबजूद नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई चासोका साथ हेरिएको थियो।

यो कार्यकालमा प्रचण्डले अघिल्लो पटकको जस्तो ‘अपरिपक्व’ कूटनीतिक सम्बन्ध देखाएनन्। भारतको राजकीय भ्रमण गरेको अर्को महिना भारतले नै आयोजना गरेको ब्रिक्स सम्मेलनमा अतिथि बनेर उनी गोवा पुगेका थिए। प्रचण्डलाई प्रधानमन्त्री मोदीले बिम्स्टेक सदस्य राष्ट्रहरुको अध्यक्षको हैसियतमा निम्ता दिएका थिए।

प्रचण्डको गोवा भ्रमण उपलब्धिमूलक रहेको थियो। उनले गोवामा एकैसाथ समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरे।

त्यसपछि  सन् २०१७ मार्चमा प्रचण्ड चीनले आयोजना गरेको बोआओ सम्मेलनमा भाग लिन चीनको हाइनान पुगे।

यो कार्यकालमा भारत र चीनको महत्त्वपूर्ण भ्रमण भए पनि विदेश नीतिमा प्रचण्डले सम्झनायोग्य कुनै काम नगरेको एक कूटनीतिज्ञ बताउँछन्। तर उनको दोस्रो कार्यकाल अघिल्लो कार्यकालभन्दा केही स्थिर रहेको जानकारहरुकाे भनाइ छ।

सत्ताबाहिर रहँदा पनि कूटनीतिक मामिलामा विवादमा आइरहने कमै नेताहरु मध्येमा पर्छन्, प्रचण्ड। पार्टी नेतृत्वमा रहेका नेताका हैसियतमा रहँदा पछिल्ला वर्षहरुमा एमसीसी लगायतका योजनामा उनले खेलेको भूमिका एकदमै कच्चा थियो। जसले प्रचण्ड अर्थात् कूटनीति गिजोलिरहने ‘कच्चा खेलाडी’ भन्ने भाष्य नै निर्माण भएको छ।

तेस्रो कार्यकाल: चुनौतीको चाङमा परराष्ट्र सम्बन्ध
पछिल्ला वर्षहरुमा नेपालमा पश्चिमा राष्ट्रहरु विशेषगरी अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा बढेर गएको छ। भारतको जबरजस्त उपस्थित छँदै छ। नेपालको भारतसँग रहेका समस्या र चुनौती एकातिर छन् भने नेपाल नै माध्यम भएर अमेरिका र चीनको प्रतिस्पर्धा अर्कोतिर छ।

दुई ठूला देशले अघि सारेका रणनीतिक योजना, एमसीसी र बीआरआईमा नेपाल पक्ष राष्ट्र भइसकेको छ। उक्त परियोजनाको कार्यान्वयनका पक्षमा २०७९ को निर्वाचनपछि बनेको पहिलो सरकारको चुनौती थप बढ्ने विश्लेषकहरु बताउँछन्।

भू-राजनीतिका जानकार डा चन्द्रदेव भट्ट सरकार गठन गर्न आन्तरिक समीकरण महत्त्वपूर्ण रहे पनि प्रचण्ड नेतृत्वको सरकार निर्माणमा प्रत्यक्ष वा परोक्षरूपमा निकट छिमेकी र अन्य अन्तर्राष्ट्रिय शक्ति जोडिएको बताउँछन्। यस्तो अवस्थामा कस्तो विदेश नीति बनाउने भन्ने नयाँ सरकारको मुख्य चुनौती रहने उनको भनाइ छ।

पार्टीको विचारधाराभन्दा माथि उठेर परराष्ट्र नीति तयार गर्नु प्रचण्ड नेतृत्वको सरकारको चुनौती रहेको भट्ट बताउँछन्। तत्कालीन नेकपाको सरकार हुँदा चीनप्रति निकट रहेको भन्ने चर्चालाई भट्टले लक्षित गरेको बुझ्न सकिन्छ।

‘विगतलाई हेर्ने हो भने विदेश नीति अख्तियार गर्दा विचारधाराको रङ देखिन्थ्यो। पार्टीकै विचारधारालाई सरकारको विचारधारा बनाएर विदेश नीति बनाउँदा हाम्रा दुई छिमेकीसँगको सम्बन्ध अप्ठ्यारोमा पर्छ। त्यसका लागि बेग्लै राष्ट्रिय नीति अख्तियार गर्नु प्रमुख चुनौती देखिन्छ’, नेपाल लाइभसँग कुरा गर्दै भट्टले भने।

यस्तै, नेपालको आन्तरिक राजनीतिमा दुई छिमेकी, अमेरिका र अन्य अन्तर्राष्ट्रिय समुदायको चासो सधैँ रहने हुँदा सरकारलाई सबै शक्तिलाई सन्तुलनमा राख्न अर्को चुनौती हुनसक्ने भट्टको धारणा रहेको छ।

‘अमेरिकासँग एमसीसी लगायतका परियोजनाहरू अघि बढाएका छौँ। उससँगको सम्बन्धलाई स्थिर राख्नुपर्ने छ। उसलाई चिढ्याउनु हुँदैन। त्यस्तै यो सरकारले अन्य अन्तर्राष्ट्रिय समुदायलाई पनि विश्वासमा लिन जरूरी छ’, भट्ट भन्छन्, ‘पछिल्ला दिनमा देखिएको अर्थतन्त्रको समस्यालाई हल गर्न वैदेशिक लगानी आवश्यक छ। उनीहरूलाई नचिढ्याई लगानी गर्ने वातावरण बनाउनुपर्ने चुनौती पनि छ।’

नयाँ सरकारले पार्टीहरुको विश्वास जितेको, तर जनता, छिमेकी मुलक र अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्न सक्छ कि सक्दैन भन्ने महत्त्वपूर्ण विषय बाँकी रहेको भट्टको बुझाइ छ।

यस्तै, कूटनीतिज्ञ डा दिनेश भट्टराई विदेश नीति सञ्चालनमा साझा नीति आवश्यक रहेको बताउँछन्। यसलाई नयाँ बनेको सरकारले चुनौतीको रुपमा लिएर अघि बढ्नुपर्ने भट्टराईको धारणा छ।

भारतसँग रहेको सीमा समस्या, प्रबुद्ध समुदाय (इपीजी) ले बनाएको प्रतिवेदनबारे छलफल, चीनसँग सम्झौता गरिएको बीआरआई परियोजना र अमेरिकाले अघि बढाएको एमसीसीको कार्यान्वयनको पक्ष चुनौतीपूर्ण हुन सक्ने भट्टराई बताउँछन्।

‘हाम्रो विदेश नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेर सञ्चालन हुनुपर्छ। पार्टी-पार्टीभन्दा पनि  साझा विदेश नीति हुनुपर्छ’, नेपाल लाइभसँग कुरा गर्दै भट्टराईले भने, ‘भारतसँग सीमानाको विषय छ। ईपीजीको विषय छ। यता बीआरआईको विषय छ। त्यस विषयमा थप छलफल भएको छैन। अमेरिकासँग एमसीसीको कार्यान्वयनको विषयलाई लिएर चासो छ। नयाँ सरकारले यस्ता विषयमा प्रशस्त ध्यान दिनुपर्छ।’

यस्तै, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय छिमेक तथा अन्तर्राष्ट्रिय शक्तिहरुले आफ्नो स्वार्थ सहितको सम्बन्ध विस्तार गर्ने हुनाले नेपालले आफ्नो देशको मुख्य चासो र सुरक्षामा ध्यान दिनुपर्ने बताउँछन्। पछिल्ला सरकारहरु फेरिएसँगै विदेश नीतिमा परिवर्तन आएको दृष्टान्त रहेकोले यो सरकारले प्रथमत: साझा र स्पष्ट विदेश नीति बनाउनुपर्ने उनी बताउँछन्।

‘छिमेक तथा शक्ति राष्ट्रहरु केही न केही चासो लिएर आएका हुन्छन्। तर हामीले हाम्रो चासो र सुरक्षालाई प्राथमिकता दिनुपर्छ’, नेपाल लाइभसँग कुरा गर्दै उपाध्यायले भने, ‘यो सरकारले चासो र चुनौतीका साथै साझा विदेश नीति तय गरोस्। जसका कारण सरकार फेरिएसँगै विदेश नीति फेरिने परम्परा अन्त्य होस्।’

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो सरकारले ल्याएको बजेटबारे सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ, तर त्यसलाई व्यवसायीकरण गर्ने... शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर... शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् । शुक्रबार, जेठ १५, २०८३
ताजा समाचारसबै
नेपाल चिकित्सकहरूको सम्मेलन सुरु शनिबार, जेठ १६, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
यी हुन् बाढी र पहिरोले अवरुद्ध देशका मुख्य राजमार्गहरू शनिबार, जेठ १६, २०८३
आज कुन सहरको मौसम कस्तो ? शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
बजेटबारे एमालेले भन्यो : सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोज्यो शुक्रबार, जेठ १५, २०८३
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्