काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६०० रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २०० रुपैयाँमा किनबेच भएको थियो।
बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ। मंगलबार भने चाँदीको मूल्य यथावत् रहेको थियो। मंगलबार चाँदी प्रतितोाल १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।