• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

संकटोन्मुख अर्थतन्त्र सुधार्न नयाँ अर्थमन्त्री पौडेललाई चुनौती, के छन् उनीसँग निजी क्षेत्रका अपेक्षा? 

64x64
सुमित्रा कार्की बुधबार, पुस १३, २०७९  ०७:०१
1140x725

काठमाडौं– सोमबार अर्थ मन्त्रालय सम्हालेका नयाँ अर्थमन्त्री विष्णु पौडेलसामु अर्थतन्त्रमा देखिएका समस्याहरू सुधार गर्नुपर्ने चुनौतीको चाङ थुप्रिएकमा छन्।

चालू खाता घाटा, उच्च मूल्यवृद्धि, तरलता अभाव, अस्थिर ब्याजदर र राजश्व घट्नुका कारण संकटोन्मुख अवस्थामा पुगेको अर्थतन्त्रलाई लयमा ल्याउनु अर्थमन्त्री पौडेलका मुख्य चुनौती रहेका छन्। 

गत आर्थिक वर्षबाट नै देखिएको विदेशी मुद्रा सञ्चितिमा दबाबले देशमा आर्थिक संकट देखिएको छ। अर्थमन्त्रीको चुनौतीको रूपमा अहिले बैंकिङ क्षेत्रका समस्यादेखि निजी क्षेत्रलगायत समग्र आर्थिक क्षेत्रको पुनः उत्थान गर्नुपर्ने रहेको छ। 

मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री पौडेलले पनि स्वीकार गरेका छन्। सोमबार सपथ ग्रहण गर्दै पौडेलले भनेका थिए, ‘मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको छ। यसलाई सुरक्षित स्थानमा फर्काउनका लागि काम गर्नेछु।’ संकटको छेउमा पुगेको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि सरकारले मेहेनत गरेर अघिबढ्ने उनले प्रतिबद्धता जनाएका छन्। 

अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रमा देखिएका समस्याका चुनौतीहरूको पहिचान गरेर त्यसलाई समाधान गर्ने बताएका छन्। समाधानका निम्ति सरकारले कस्तो कदम चाल्न पर्छ, त्यसमा आफूहरू तयार रहेको उनको भनाइ छ। उनले अर्थतन्त्रमा देखिएको समस्याको समाधान गर्नका लागि सबैक्षेत्रका विज्ञ तथा विशेषज्ञहरूसँग बुझेर अगाडि बढ्ने जानकारी दिएका छन्। यसैगरी, प्रधानमन्त्री प्रचण्डले पनि देशको अर्थतन्त्र सुधारमा आफ्नो पहिलो प्राथमिकता रहने प्रतिबद्धता जनाएका छन्। 

के छन् निजी क्षेत्रका अपेक्षा?
निजी क्षेत्रका विभिन्न संगठनले अर्थमन्त्री पोडेलसँगै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना अपेक्षा तथा सुझाब दिइरहेका छन्। यसैगरी, निजी क्षेत्रका केही संगठनले अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर सुझाव तथा आफ्ना अपेक्षा राख्ने तयारीमा रहेका छन्। मंगलबार उद्योेग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ‘ब्र्रिफिङ’ गरेका छन्। अध्यक्ष गोल्छाले अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि महासंघकोतर्फबाट सुुझाबसमेत पेश गरेका छन्। 

अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र व्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने आफ्ना अपेक्षा रहेको अर्थमन्त्री सामु राखेका छन्। गोल्छाले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा जोड दिएका छन्।

अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बैंकिङ समस्याको कारण उद्योगी  व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गोल्छाको आग्रह छ। उनले अर्थमन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोहीअनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

राजश्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले संकुचित हुँदैगएको उनले बताएका छन्। 

नेपाल उद्योग परिसंघको टोलीले प्रधानमन्त्री प्रचण्डसँग मंगलबार भेट गरेको छ। अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेको हो। भेटमा परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको सुझाब पेस गरेको छ। 

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ। 

यसैगरी, नेपाल चेम्बर अफ कमर्सले पनि अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई भेटेर आफ्ना सुझाब तथा अपेक्षाहरू पेश गर्ने  तयारी गरेको अध्यक्ष राजेन्द्र मल्लले बताए। ‘नयाँ अर्थमन्त्रीलाई अर्थतन्त्रमा नयाँ चुनौती थपिएका छन्। पहिले उहाँले अर्थमन्त्री हुँदा काम गरेकोभन्दा अहिले फरक चुनौती छन्। पहिले र अहिले उहाँले काम गर्नुपर्ने परिस्थिति फरक छ। पहिलेको भन्दा अहिलेको अवस्थामा उहाँले आर्थिक क्षेत्रमा फरक तरिकाले काम गर्नुपर्ने हुन्छ,’ उनले भने।

अध्यक्ष मल्लले नयाँ प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्रको समस्या सुल्झाउन विशेष भूमिका खेल्न पर्ने बताए। ‘पहिलेको सरकारले गफको भरका देश चलाउने काम गरेको थियो। अब त्यस्तो तरिकाले देश चलायो भने देश नै दुर्घटनामा जाने अवस्थाको सिर्जना भएको छ,’ उनले थपे। 

यसकारण सरकार तथा अर्थमन्त्रीले देशको आर्थिक उन्नतिको हितमा काम गर्नुपर्ने उनी बताउँछन्। अहिलेको सरकारले देशलाई आफ्नै उत्पादनमा आत्मनिर्भर बनाउने, अहिले देखिएका समस्याहरू जस्तै, बढ्दो ब्याजदरलाई घटाउनेलगायत देशमा भएको स्रोत र साधनलाई उचित प्रयोग गर्ने लगायतका कुरामा विशेष जोड दिनुपर्ने उनको अपेक्षा छ। 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ... सोमबार, भदौ २२, २०८३
वैकल्पिक मार्गबाट दुई दिनमा भित्रिए ५८ हजार बढी सिलिन्डर गएको भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि न... आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसा... आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
एमभी दुगड समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग सोमबार, भदौ २२, २०८३
गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्