काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनीता डंगोलसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेकी छिन्। भेटका लागि उनी मंगलबार उपमेयर कार्यकक्षमा आएको महानगरले जनाएको छ।
भेटका क्रममा उपमेयर डंगोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घर धनीलाई सहुलियत दिने गरिएको, महिला हिंसा न्यूनीकरणका लागि वडास्तरीय महिला सेल गठन गरिएको तथा न्यायिक समितिमा उजुरी आउनु अघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको बताइन्।
साथै, उनले क्याप्लरले सोधेका प्रश्नको जवाफ दिँदै फोहर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको र तीमध्ये उपयुक्त विधिको छनोट गर्ने योजना रहेकोसमेत बताएकी थिइन्।
राजदूत क्याप्लरले सहरी विकासका पूर्वाधार, सम्पदा क्षेत्रका संरचनाको व्यवस्थापन, महानगरको निर्णय प्रक्रियालगायत विषयमा जिज्ञासा राखेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।