काठमाडौं– बुकवर्म फाउण्डेसनको आयोजनामा वार्षिक रूपमा हुँदै आएको नेपाल साहित्य महोत्सवले आफ्नो दसौं संस्करणका लागि आरएमसी फुड्ससँग साझेदारी गरेको छ।
राष्ट्रलाई समृद्धशाली बनाउन आर्थिक पाटोसँगै शिक्षा, कला र साहित्यको प्रवद्र्धन र जगेर्ना पनि उत्तिकै महत्वपूर्ण रहेको यथार्थलाई आत्मसाथ गर्दै आरएमसीले नेपाल साहित्य महोत्सवसँग सहकार्य गर्ने निर्णय लिएको कम्पनीले बताएको छ।
रमणीय सहर पोखराको बाराहिघाटमा पुस ६ देखि ११ गतेसम्म आयोजना भएको उक्त फेस्टिभलमा साहित्य, कला, समाज, संस्कृति, काव्य, सङ्गीत र सौन्दर्यका यावत् विषयहरूबारे सेसन चलाइएको थियो।
दक्षिण एशियाका चर्चित लेखक र अन्य लोकप्रिय व्यक्तित्वहरूसमेत सहभागी भएको फेस्टिभलमा आरएमसी फुड्स अन्तर्गत सञ्चालित ब्राण्ड न्यूट्रीप्लसद्वारा प्रायोजित ‘कलनेरी पेनल छलफलमा ‘टिमुरदेखि ऐलासम्म’ शीर्षकमा सेसन पनि चलाइएको थियो।
उक्त सेसन सन् २०२० को बिबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्यूट्रीप्लस फुड्सका ब्राण्ड एम्बेसेडरसमेत रहेका सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनालले अन्तराष्ट्रिय बजारमा नेपाली खानाको सम्भावना र चुनौती जस्ता विषयबारे छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।