काठमाडौं– सूर्य–ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा केशवप्रसाद भट्टराई चयन भएका छन्।
यही पुस सात गते बसेको तीन सय ३३औं बैठकबाट साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिका अध्यक्षमा भट्टराईलाई चयन गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरे।
सोही दिन अपराह्न बसेको सञ्चालक समितिको ३३४औं बैठकमा अध्यक्ष भट्टराईद्वारा सञ्चालकहरू नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनीयताको शपथग्रहण गराए। कम्पनीको सञ्चालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।