काठमाडौं– ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिले देशभक्ति गीत बजारमा ल्याएका छन्। शुक्रबार उनको नयाँ गीत ‘मेरो देश’ रिलिज भएको हो।
यो गीतमार्फत्, उनले आफ्नो देश र ग्राहकहरुप्रति माया दर्शाउन खाजेका छन्। यो गितको निर्माता पनि उनी नै हुन्।
ज्योति ग्रुप ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट–हिमाल आइरन, पहिलो अक्सिजन प्लान्ट–हिमाल अक्सिजन र पहिलो वाएर प्लान्ट–हिमाल वाएर्स, स्थापना गरी देशमा योगदान पुर्याएको छ। ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।