• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेपाली कांग्रेस

संस्थापन पक्ष रक्षात्मक, इतर पक्ष आक्रामक

64x64
नवीन झा मंगलबार, पुस १२, २०७९  ०६:५६
1140x725

काठमाडौं– आइतबार विकसित राजनीति घटनाक्रमले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउनबाट चुकेको छ। परिणामतः कैयौं सम्भावनाहरुका अघिल्तिर उभिएको कांग्रेस एक्कासी शून्य उपलब्धिमा पुग्ने स्थिति उत्पन्न भयो। 

आफ्नै नेतृत्वको सरकारमा सहभागी तथा नयाँ प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाटकीय रुपमा प्रधानमन्त्री भनेपछि कांग्रेस प्रतिक्रियाविहीन अवस्थामा पुगेको हो। यद्यपि, पार्टीभित्र र बाहिर बहस, छलफल र विश्लेषणहरु भइरहेका छन्। 

कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरुले माओवादीले धोका दिएको आरोप लगाइरहेका छन्। उता माओवादीले भने कांग्रेसले धोका दिएकाले एमालेसँग सहकार्य गर्नुपर्ने बताएको छ।

कांग्रेसभित्रै भने सभापति देउवा र उनी पक्षका नेताहरुको अक्षमताका कारण यस्ता परिस्थिति सिर्जना भएको तर्क गर्नेहरुको कमी छैन। आइतबारको राजनीतिक घटानाकमपछि देउवा र उनी निकट नेताहरु सार्वजनिक रुपमा मौन देखिएका छन्। उनीहरु आन्तरिक छलफलमै व्यस्त छन्। संस्थापनइतर पक्ष भने देउवा पक्ष महत्त्वपूर्ण सवालमा बृहत्तर छलफल नगरी संकीर्ण घेराबाट अघि बढेको भन्दै ‘खुचिङ्ग’ गर्ने 'मुड'मा देखिन्छन्।

संसदीय दलको निर्वाचनमा सभापति देउवालाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनौती दिएपछि देउवा पक्ष उनीहरुमाथि असहिष्णु देखिएका थिए। राजनीतिक घटनाक्रमको अत्यन्तै महत्त्वपूर्ण मुद्दाहरुमा छलफल र बैठक चलिरहँदा पनि देउवाले दुई महामन्त्रीहरुलाई वास्ता गरिरहेका थिएनन्।

आक्रामक इतर पक्ष
आइतबार कांग्रेससहितको गठबन्धन भत्केसँगै संस्थापन इतर पक्षका नेताहरुले पार्टी सभापति देउवाको कार्यशैलीप्रति प्रश्नहरु उठाउन थालेका छन्। देउवाका लागि संसदीय दलमा प्रस्तावक नै बनेका रामचन्द्र पौडेलले नै प्रचण्डलाई धोका भएको बताएका थिए। उनले प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डको पक्ष लिएका थिए। 

जुन देउवामाथि उच्च तहबाट व्यक्त पहिलो असन्तुष्टि थियो। पौडेल पछिल्लो समयमा माओवादीलाई प्रधानमन्त्री दिएर राष्ट्रपति बन्ने दाउमा थिए। त्यो दाउ अनुसार परिस्थिति निर्माण नहुने भएपछि उनी देउवाप्रति नै आक्रोशित भएका हुन्।

पौडेल मात्रै होइन, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टी नेतृत्वप्रति कटाक्ष व्यक्त गरेका छन्। आइतबारको राजनीतिक घटनाक्रमपछि सोमबार पोखरा साहित्य मेलामा बोल्दै उनीहरुले नेतृत्वको कमजोरी उजागर गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

शर्माले त जे भयो, त्यो राम्रो भएको भन्दै पार्टी रुपानान्तरण र पुस्तान्तरणका सवालमा आफूहरु अघि बढ्ने बताए। शर्मा सामाजिक सञ्जालमा पनि राजनीतिक घटनाक्रमलाई जोडेर टिकाटिप्पणी गरिरहेका छन्। उनले देशभरका पार्टीका नेता कार्यकर्ताहरुले प्रश्न सोधिरहेको तर आफूले जे भयो, त्यो ठीक भएको उत्तर दिने गरेको उल्लेख गरेका छन्।

महामन्त्री थापाले पनि साहित्य मेलामा आइतबार आफूले अपमानित महसुस गरेर काठमाडौंबाट पोखरा आएको गुनासो गरे। उनले पनि पार्टीलाई माथि उठाउने बाचा गरेका छन्।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै कांगेसका नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतले पार्टी नेतृत्वको दम्भका कारण संसद्‌को सबैभन्दा ठूलो दल भएर पनि कांगेस सरकार बनाउनबाट वञ्चित भएको आरोप लगाएका छन्।

यसरी आइतबारको विकसित राजनीतिक घटनाक्रम हेर्दा पार्टी नेतृत्वप्रति ईतर पक्षका नेताहरु आक्रामक देखिएका छन् भने सभापति देउवा र उनी निकटका नेताहरु मौन र रक्षात्मक देखिएका छन्।

अब कांग्रेसभित्रको संघर्ष कसरी अगाडि बढ्छ, हेर्न बाँकी छ। तर, सभापति देउवामाथि आन्तरिक दबाब बढ्ने निश्चित देखिन्छ।

२०७४ मा देउवाकै नेतृत्वको सरकारले चुनाव गराउँदा कांग्रेसले पराजय बेहोर्दा पनि देउवालाई कुनै फरक नपरेको भन्दै अहिलेको परिस्थिति पनि त्यसै बितेर जाने तर्क गर्नेहरु छन्। तर, विगतभन्दा कांग्रेसको पदाधिकारीहरुको टिम बनोट फरक भएकाले देउवालाई असर पर्न सक्ने तर्क गर्नेहरु पनि छन्। सम्भवतः अब छिट्टै बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा त्यसको परिदृश्य देखिनेछ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्