• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेपाली कांग्रेस

संस्थापन पक्ष रक्षात्मक, इतर पक्ष आक्रामक

64x64
नवीन झा मंगलबार, पुस १२, २०७९  ०६:५६
1140x725

काठमाडौं– आइतबार विकसित राजनीति घटनाक्रमले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउनबाट चुकेको छ। परिणामतः कैयौं सम्भावनाहरुका अघिल्तिर उभिएको कांग्रेस एक्कासी शून्य उपलब्धिमा पुग्ने स्थिति उत्पन्न भयो। 

आफ्नै नेतृत्वको सरकारमा सहभागी तथा नयाँ प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नाटकीय रुपमा प्रधानमन्त्री भनेपछि कांग्रेस प्रतिक्रियाविहीन अवस्थामा पुगेको हो। यद्यपि, पार्टीभित्र र बाहिर बहस, छलफल र विश्लेषणहरु भइरहेका छन्। 

कांग्रेस सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरुले माओवादीले धोका दिएको आरोप लगाइरहेका छन्। उता माओवादीले भने कांग्रेसले धोका दिएकाले एमालेसँग सहकार्य गर्नुपर्ने बताएको छ।

कांग्रेसभित्रै भने सभापति देउवा र उनी पक्षका नेताहरुको अक्षमताका कारण यस्ता परिस्थिति सिर्जना भएको तर्क गर्नेहरुको कमी छैन। आइतबारको राजनीतिक घटानाकमपछि देउवा र उनी निकट नेताहरु सार्वजनिक रुपमा मौन देखिएका छन्। उनीहरु आन्तरिक छलफलमै व्यस्त छन्। संस्थापनइतर पक्ष भने देउवा पक्ष महत्त्वपूर्ण सवालमा बृहत्तर छलफल नगरी संकीर्ण घेराबाट अघि बढेको भन्दै ‘खुचिङ्ग’ गर्ने 'मुड'मा देखिन्छन्।

संसदीय दलको निर्वाचनमा सभापति देउवालाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनौती दिएपछि देउवा पक्ष उनीहरुमाथि असहिष्णु देखिएका थिए। राजनीतिक घटनाक्रमको अत्यन्तै महत्त्वपूर्ण मुद्दाहरुमा छलफल र बैठक चलिरहँदा पनि देउवाले दुई महामन्त्रीहरुलाई वास्ता गरिरहेका थिएनन्।

आक्रामक इतर पक्ष
आइतबार कांग्रेससहितको गठबन्धन भत्केसँगै संस्थापन इतर पक्षका नेताहरुले पार्टी सभापति देउवाको कार्यशैलीप्रति प्रश्नहरु उठाउन थालेका छन्। देउवाका लागि संसदीय दलमा प्रस्तावक नै बनेका रामचन्द्र पौडेलले नै प्रचण्डलाई धोका भएको बताएका थिए। उनले प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डको पक्ष लिएका थिए। 

जुन देउवामाथि उच्च तहबाट व्यक्त पहिलो असन्तुष्टि थियो। पौडेल पछिल्लो समयमा माओवादीलाई प्रधानमन्त्री दिएर राष्ट्रपति बन्ने दाउमा थिए। त्यो दाउ अनुसार परिस्थिति निर्माण नहुने भएपछि उनी देउवाप्रति नै आक्रोशित भएका हुन्।

पौडेल मात्रै होइन, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टी नेतृत्वप्रति कटाक्ष व्यक्त गरेका छन्। आइतबारको राजनीतिक घटनाक्रमपछि सोमबार पोखरा साहित्य मेलामा बोल्दै उनीहरुले नेतृत्वको कमजोरी उजागर गरेका हुन्।

Ncell 2
Ncell 2

शर्माले त जे भयो, त्यो राम्रो भएको भन्दै पार्टी रुपानान्तरण र पुस्तान्तरणका सवालमा आफूहरु अघि बढ्ने बताए। शर्मा सामाजिक सञ्जालमा पनि राजनीतिक घटनाक्रमलाई जोडेर टिकाटिप्पणी गरिरहेका छन्। उनले देशभरका पार्टीका नेता कार्यकर्ताहरुले प्रश्न सोधिरहेको तर आफूले जे भयो, त्यो ठीक भएको उत्तर दिने गरेको उल्लेख गरेका छन्।

महामन्त्री थापाले पनि साहित्य मेलामा आइतबार आफूले अपमानित महसुस गरेर काठमाडौंबाट पोखरा आएको गुनासो गरे। उनले पनि पार्टीलाई माथि उठाउने बाचा गरेका छन्।

आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेलगत्तै कांगेसका नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायतले पार्टी नेतृत्वको दम्भका कारण संसद्‌को सबैभन्दा ठूलो दल भएर पनि कांगेस सरकार बनाउनबाट वञ्चित भएको आरोप लगाएका छन्।

यसरी आइतबारको विकसित राजनीतिक घटनाक्रम हेर्दा पार्टी नेतृत्वप्रति ईतर पक्षका नेताहरु आक्रामक देखिएका छन् भने सभापति देउवा र उनी निकटका नेताहरु मौन र रक्षात्मक देखिएका छन्।

अब कांग्रेसभित्रको संघर्ष कसरी अगाडि बढ्छ, हेर्न बाँकी छ। तर, सभापति देउवामाथि आन्तरिक दबाब बढ्ने निश्चित देखिन्छ।

२०७४ मा देउवाकै नेतृत्वको सरकारले चुनाव गराउँदा कांग्रेसले पराजय बेहोर्दा पनि देउवालाई कुनै फरक नपरेको भन्दै अहिलेको परिस्थिति पनि त्यसै बितेर जाने तर्क गर्नेहरु छन्। तर, विगतभन्दा कांग्रेसको पदाधिकारीहरुको टिम बनोट फरक भएकाले देउवालाई असर पर्न सक्ने तर्क गर्नेहरु पनि छन्। सम्भवतः अब छिट्टै बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा त्यसको परिदृश्य देखिनेछ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०६:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए ।  उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए... बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्। बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू यसपालीको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यद्यपि उनले आफू... बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्