धनगढी- १ लाख ४२ हजार नक्कली नोट, बाघको हड्डी र जडिबुटीसहित ५ जनालाई प्रहरीले धनगढी उपमहानगरपालिका-४, बसपार्कबाट पक्राउ गरेको छ।
बसपार्कस्थित साल्ट ट्रेडिङ कर्परेसन अगाडि नक्कली मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कैलाली चुरे गाउँपालिका- ६ बस्ने वर्ष ५५ का लालबहादुर साउद, धनगढी उप-महानगरपालिका- १३ राजपुरस्थित एसएस होटलमा कोठा गरी बसेका दार्चुला लेकम गाउँपालिका- ६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटी शिखर नगरपालिका- १० बस्ने ३० वर्षीय करनसिंह धामी र डोटी बडिकेदार गाउँपालिका- १ का ५० वर्षीय मोहनसिंह बोहरालाई पक्राउ गरेको हो।
धामी बस्ने गरेको डेरा कोठाको खानतलासी गर्दा उक्त कोठाको पलङको सिरानि मुनि लुकाइराखेको अवस्थामा नेपाली रु.१ हजारका दरका नोटहरु १४२ थान, सोही खटियाको प्लाई मुनि रहेको बाक्साभित्र जेब्रा झोलामा जनावर(बाघको) जस्तो देखिने अस्थीपंजर हड्डीहरु ५ किलो ५३० ग्राम, बैंक तथा आईएमई भौचर तथा चेकहरु, जडिबुटीका बोक्राहरु समेत बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।