काठमाडौं– नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यभार सम्हालेका छन्। अर्थ मन्त्रालयमा पद्भार ग्रहण गर्दै पौडेलले अहिले मुलुकको अर्थतन्त्र सङ्कटको डिलमा रहेको बताएका छन्।
अर्थतन्त्र वर्तमान संकटबाट उम्किनको लागि ठूलो प्रयत्न गर्नुपर्ने पौडेलको भनाइ छ। यस्तै, उनले विज्ञहरूको सल्लाहमा आफू अगाडि बढ्ने बताए।
‘म समस्या पहिचान गर्दै त्यसको समाधानको प्रयत्न गर्ने छु। म सबैसँग जीवन्त रहेर समस्या समाधान गर्छु। त्यसैले धेरै चिन्तित नहुन आग्रह गर्छु,’ उनले भने।
उनले अर्थ मन्त्रालयअन्तर्गत हुने सबै काम अनलाईनमार्फत् हुने समेत जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।