काठमाडौं– निवर्तमान अर्थमनत्री जनार्दन शर्माले आयात प्रतिबन्ध र मार्जिन हटाइएको बताएका छन्।
सोमबार अर्थमन्त्रीबाट बिदाई हुँदै शर्माले पूँजीगत खर्चको प्रक्रिया अघाडि बढाएको बताउँदै त्यसको लक्षलाई पूरा गर्ने विश्वास व्यक्त गरे।
निवर्तमान मन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८०को बजेट विशेषगरी आयातबाट उत्पादनतर्फ, जोखिमबाट समिष्टगततर्फ र बञ्चितकरणबाट समावेशी तर्फको बजेट भएको उल्लेख गरे। उनले रोजगारी सिर्जनाको कुरामा लक्ष सहित अगाडि बढेको दाबी गरे।
उनले उधोगलाई प्राथमिकता दिएर जमिन उपलब्ध गराउने काम भएको बताए। विधुत् र कच्चा पदार्थमा सहुलियत दिएको बताए। कोभिड, बाढी पहिरो र युक्रेन र रुसबीचको युद्धले अर्थतन्त्रमा प्रभाव पारेको भए पनि सुधार हुँदै गएको शर्माको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।