• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फिल्म समीक्षाको ‘समीक्षा’: सम्पादकले महत्त्व नै दिँदैनन्! 

64x64
समर्पण श्री सोमबार, पुस ११, २०७९  १०:१९
1140x725

पोखरा– अभिनेत्री स्वस्तिमा खड्का फिल्म क्षेत्रमा आएको ५ वर्षसम्म कमर्सियल धारका फिल्ममा मात्र जमिरहेकी थिइन्। त्यतिबेला उनले काम गरेको टिमले कहिल्यै पनि फिल्म समीक्षालाई चासोका रुपमा लिएको थिएन। 

त्यसपछि उनले विनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’मा मुख्य भूमिकामा अभिनय गरिन्। कमर्सियलबाट बाहिर रहेका फरक धारका सिनेमामा काम गरेपछि मात्र उनी फिल्म समीक्षालाई बुझ्न थालिन्। ‘त्यसपछि मात्र मैले फिल्ममा समीक्षा कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा थाहा पाएँ,’ स्वस्तिमा भन्छिन्।

पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा उनले फिल्म समीक्षा माथिको धारणा सुनाइरहेकी थिइन्।

बसहमा स्वस्तिमासँगै फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। दीपेन्द्र, जो फिल्म बनाउनुअघि कडा समीक्षकका रुपमा परिचित थिए। कार्यक्रमको सहजकर्ता थिए अर्का समीक्षक सुरज सुवेदी। 

अनुपलाई सुरजले प्रश्न गरे, ‘फिल्म समीक्षा के हो त?’

अनुप फिल्म आफूले हेरेर बुझेको कुरा तर्कसहित अरुलाई बुझाउनुलाई फिल्म समीक्षा मान्छन्। 

स्वस्तिमा क्राफ्टको व्याख्यालाई फिल्म समीक्षा मान्छिन्। ‘फिल्म प्रदर्शन भएपछि दर्शकलाई कस्तो लाग्यो भनेर सोध्नुभन्दा समीक्षकले आफ्नो हिसाबले बुझाउनु समीक्षा लाग्छ,’ स्वस्तिमा भन्छिन्। 

दीपेन्द्र फिल्म समीक्षा आवश्यकता कसरी जन्मियो भन्नेबारे सुनाउँछन्, ‘प्रोड्युसरले आफूले बनाएको फिल्म नेपालमा अहिलेसम्म बनेकै छैन भनेर भ्रम छर्थे। यो फिल्म वास्तवमा कस्तो छ त? भ्रम चिर्ने जिम्मेवारी बोध भएर समीक्षा गर्न थालेँ,’ उनी भन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

फिल्म समीक्षाबारे मेकरको बुझाइ
नेपाली फिल्ममाथि आउने समीक्षालाई कलाकार तथा फिल्ममेकरले कसरी लिन्छन् त? स्वस्तिमा फिल्ममेकरहरू समीक्षालाई नस्वीकार्ने बताउँछिन्। तर आफ्नो निर्णय र बुझाइमा समीक्षाले योगदान गरेको उनको अनुभव छ। ‘मैले गर्ने फिल्म छनोट, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समेत समीक्षाले एकदमै सहयोग गरेको छ। रिभ्यूलाई म एकदमै सकारात्मक लिन्छु,’ स्वस्तिमा भन्छिन्। 

उनले एउटा लख काटेकी छन्, ‘समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन।’

उनी समीक्षकले रुचाएको फिल्ममा आफूले काम गरेको फिल्म ‘बुलबुल’लाई सम्झिन्छिन्। ‘१० वर्षपछि पनि यो फिल्मको कुरा गरिन्छ। आज पनि किन बुलबुलकै कुरा गरिन्छ त? फिल्म लिट्रेसी भएका दर्शकले मन पराएका कारण होला नि!’ उनी भन्छिन्। 

फिल्म समीक्षकलाई नस्वीकार्ने प्रसंगमा दीपेन्द्र सुनाउँछन्, ‘मैले पनि समीक्षा गर्दा तँलाई लाइसेन्स कसले दियो भनेर गाली आउँथ्यो।’  

समीक्षकको समीक्षा कस्तो?
अनुप सुवेदी फिल्म समीक्षक आम दर्शकभन्दा बढी बुझेको हुनुपर्ने बताउँछन्। दर्शकलाई ‘कन्भिन्स्ड’ गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने बताउँछन्। तर समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ। कारण के त? ‘एउटा समीक्षकले पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ। अनि समीक्षा पनि गर्नुपर्छ। यदि पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन नि,’ दीपेन्द्र भन्छन्। 

स्वस्तिमा समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गर्छिन्। ‘एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त? मैले यसको अनुभूत गरेको छु,’ स्वस्तिमा भन्छिन्। 

अनुप समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताउँछन्। उनी नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको पाउँछन्। ‘समीक्षकले त पाठकलाई सचेत गराउने हो नि। तर मेकरलाई सिकाइरहेको पाइन्छ,’ उनी भन्छन्। 

अनुप अहिलेको समीक्षा कथासारजस्ता मात्र भएको बताउँछन। ‘कथासार लेख्यो, यसले राम्रो गर्‍यो, यसले गरेन भन्ने मात्र छ। किन राम्रो गर्‍यो, किन गरेन भन्ने तर्क आउन्नन्। त्यसको डिटेलिङ छैन। हाम्रो समीक्षकले फिल्म भनेको कथामात्र हैन, अरु कुरा पनि हो भनेर नबुझेको हो कि,’ उनी थप्छन्। 

दीपेद्र नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको पाउँछन्। ‘संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा छ। सम्पादकले प्राथमिकतामा नराखेर हो कि,’ उनी भन्छन्। 

समीक्षकको स्तर बढीदिए हुन्थ्यो भन्ने अपेक्षा छ दीपेन्द्रको। ‘कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ,’ उनी भन्छन्। 

नेपालमा ‘पेइड रिभ्यू’को ‘ट्रेन्ड’बारे पनि दीपेन्द्र भन्छन्। ‘नेपालमा पेड रिभ्युको चलन छ। विज्ञापन राम्रो छ भने त्यो अनलाईनले राम्रो लेखिदिन्छ। यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाईनलाई समीक्षा त लेख्छ लेख्छ। फिल्म नै पूरा नहेरी लेख्छ,’ उनी भन्छन्। 

पाठक आफैंले समीक्षा विश्वसनीय छ कि छैन भनेर छनोट गर्नुपर्ने अवस्था आएको अनुप सुनाउँछन्। मिडिया हाउसले समीक्षामा लगानी नगर्नुले नै यी समस्या आउने अनुप बताउँछन्।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १०:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्