• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लचकताले प्रचण्डलाई सफलता

64x64
किशोर दहाल आइतबार, पुस १०, २०७९  २०:२७
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। आइतबार उनले प्रस्तुत गरेको दाबी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। उनलाई प्रतिनिधि सभाका सात दल र तीन स्वतन्त्र सांसदको पनि समर्थन छ।

प्रतिनिधि सभाको तेस्रो ठूलो दलका अध्यक्ष र संसदीय दलका नेताको यो उपलब्धि अनौठो छ। तर राजनीति सम्भावनाको खेल हो भन्ने कुनै बेलाको उनकै अभिव्यक्ति सार्थक भएको छ। दिउँसोसम्म प्रधानमन्त्रीमा शेरबहादुर देउवा नै दोहोरिने आकलनका बीच प्रचण्डले बाजी मारेका हुन्, त्यो पनि उनका 'चीर प्रतिद्वन्द्वी' नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ पाएर।

प्रचण्ड शुक्रबार, शनिबार र आइतबार देउवासँगकै छलफलमा थिए, एकल र गठबन्धनको बैठकमार्फत। यसपटक कसैगरी प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले गठबन्धनकै साथ र समर्थन पाउने अपेक्षा राखेका थिए। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले पूर्वसहमति अनुसार आफूलाई प्रधानमन्त्री बनाउन देउवालाई आग्रह गरे। तर, देउवाले पूर्वसहमतिलाई पालना गरेनन्। कांग्रेस नेता रामचन्द्र पौडेलका शब्दमा, प्रचण्डलाई देउवाबाट धोका भएपछि उनले बालकोटको बाटो तताएका हुन्।

कांग्रेसले प्रचण्डलाई प्रमुख दुई पदहरु, राष्ट्रपति र प्रधानमन्त्री, दुवै नदिने अडान प्रस्तुत गर्यो। प्रतिनिधि सभाको पहिलो दल भएकाले प्रमुख पदहरुमा हक लाग्ने ठानेको कांग्रेसले गठबन्धनको मर्म नबुझेको माओवादी नेताहरुको प्रतिक्रिया छ।

देउवाले अडान राख्नु अस्वभाविक पनि थिएन। उनले आफूलाई प्राप्त सूचनाका आधारमा परिस्थितिको आकलन गरेका थिए। मूलतः उनले बालकोटबाट पाएको सूचना थियो- एमालेले कुनै हालतमा प्रचण्डलाई समर्थन गर्दैन। अझ ढुक्क हुनका लागि शनिबार मात्रै ओलीको अभिव्यक्ति सार्वजनिक भएको थियो- 'प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ।' निरन्तर पाइरहेको सूचना र ओलीको शनिबारको अभिव्यक्तिलाई एकै ठाउँमा राखेकै कारण देउवा ढुक्क भए र आइतबारको अन्तिम छलफलमा समेत टसको मस भएनन्। परिणामतः देउवाले भूइँको टिप्न खोज्दा हातको पनि गुमाए। अब सतहमै देखिएका झन्डै तीन दर्जन पदबाट कांग्रेस बञ्चित हुने देखिएको छ।

Prachanda_Bidhya_Bhandari1671972183.jpg

आइतबार बिहानको अन्तिम छलफलमा आफूलाई किनारामा धकेल्न खोजिएको बुझे प्रचण्डले। त्यहीमाथि कांग्रेसले संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार गठन गर्ने सम्भावना देखिएको र आफ्नो विकल्प साँघुरिने बुझेका प्रचण्डले नयाँ विकल्प खोज्ने निर्णय लिए। देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच भएको बालुवाटारको छलफलमा प्रचण्ड 'थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु' भनेर निस्किएका थिए। त्यसपछि बालकोटमा नयाँ समीकरणको प्रयत्नलाई औपचारिकता दिइएको हो।

बालकोटमा उनलाई राजनीतिक 'रेड कार्पेट' बिछ्याइएको थियो। प्रचण्डले ध्यान दिएको एकमात्रै प्रधानमन्त्री पद किस्तीमै राखेर टक्र्याउन एमाले तयार थियो। किनकि, २०७८ असारदेखि 'सर्वस्व' गुमाउन थालेको एमाले अबको पाँच वर्ष पनि सोही नियतिलाई निरन्तरता दिन चाहँदैनथ्यो।

nimb
nimb
Ncell 2
Ncell 2

बालकोटबाट बाहिरिएर आफ्नो निवास खुमलटार हुँदै ओली निवास बालकोट पुगेका प्रचण्डले दुवै पार्टीका निम्ति जित-जितको स्थिति सिर्जना गरे। अर्कोतिर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको पनि  साथ जुटाएर वैकल्पिक सत्ता गठबन्धन निर्माण गरे। उनलाई प्रधानमन्त्रीमा सघाउन तीन जना स्वतन्त्र सांसदहरु थपिए।

प्रचण्डको पदीय आशक्तिका सन्दर्भमा समयक्रममा छलफल हुने नै छ। तर, यो पद उनी स्वयंको लचकताको कारण प्राप्त भएको भन्नु अत्युक्ति हुनेछैन।

तिक्ततापूर्ण सम्बन्ध

केही अघिसम्म ओली-प्रचण्डबीच तिक्ततापूर्ण सम्बन्ध थियो। उनीहरु सार्वजनिक रुपमै आरोपप्रत्यारोपमा व्यस्त थिए। ओलीले प्रचण्डलाई जनयुद्धका विषय जोडेर लाञ्छना लगाउँथे। प्रचण्ड पनि ओलीलाई 'बयलगाडे' भन्थे। त्यसको निरन्तरता स्वरुप शनिबार ओलीले प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना समाप्त भएको लगभग ठोकुवा गरेका थिए। तर नयाँ दिनले नयाँ सम्भावना ल्यायो। जसका कारण अन्तिम समयमा प्रचण्डले ओलीसँगै सहमति गरेर प्रधानमन्त्री पद सुनिश्चित गर्न सके।

जतिसुकै खराब सम्बन्धका बीच पनि संवाद गर्न सक्नु प्रचण्डको खुबी देखिँदै आएको छ। जसका कारण उनले सफलता पनि पाउने गरेका छन्। पछिल्लो सन्दर्भ त्यसकै दृष्टान्त हो।

यसबीचमा देउवासँग प्रचण्डआफैं संवादमा थिए। आफूपछिका नेताहरुलाई एमालेसँग छलफलमा पनि पठाइरहेका थिए। उनले एमालेसँगको विगतको तिक्ततापूर्ण सम्बन्धलाई महत्त्व दिएनन्, बरु आगामी दिनका सम्भावनालाई पहिल्याए। संवादको सामर्थ्य पहिल्याए। यही सामर्थ्यका कारण आइतबार अन्तिम घडीमा सहमति जुटेको हो। सहमतिको अन्तिम स्वरुप सार्वजनिक भइसकेको छैन। त्यो जे होला, अहिलेलाई प्रचण्ड प्रधानमन्त्री बनेको सत्य हो। र, त्यसमा एमालेको प्रमुख साथ रहेको पनि सत्य हो।

यसरी, निरन्तर संवाद र रणनीति अख्तियार गरिरहेकै कारण प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्न पाएका छन्। प्रतिनिधि सभामा तेस्रो ठूलो दल रहेको पार्टीले अनपेक्षित सफलता पाएको छ। सत्ताको स्वभाविक हकदार देउवा भने अनपेक्षित रित्तो हात बालुवाटारबाट बाहिरिनुपर्ने भएको छ।
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  २०:२७
  • #प्रचण्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्