काठमाडौं- नेपाल समाजवादी पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले कांग्रेस नेतृत्वप्रति कटाक्ष गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउन तयार नहुँदा कांग्रेसलाई खति भएको उनले बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्।’
यसअघि एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई भट्टराईले बधाई समेत दिएका छन्। ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपति समक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई,’ भट्टराईले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।