तस्बिरहरूः मनिष अर्याल/नेपाल लाइभ।
काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार विघटनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना अभिव्यक्तिमा भनिरहन्थे– ओलीलाई बालुवाटारबाट बालकोट पुर्याइयो।
ओलीलाई बालकोट पुर्याउने तिनै प्रचण्ड आइतबार बालकोट पुगे। त्यही बालकोटबाट उनले आफूलाई प्रधानमन्त्रीका रुपमा सहमति जुटाए। यसअघि ओलीलाई लखेटेर बार्दली पुर्याएको बिम्व बनेको थियो।

त्यो अहिले फेरिएको छ र बालकोटबाट प्रचण्डले ओलीसाग दुई वर्षअघि मागेको प्रधानमन्त्रीको हिसाब रफादफा गरेका छन्। त्यसपछि दुवै जनाले ओली निवासको त्यही बार्दलीबाट हात हल्लाएका छन्।

यसअघि एउटै पार्टीका दुई अध्यक्षका रुपमा सहयात्रा गरेका उनीहरू यसपल्ट छुट्टा–छुट्टै दलसहित सरकारमा सहयात्रा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।