काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले प्रचण्डलाई १६६ सांसदको साथ हुने बताए। बालकोटमा सहमति जुटेपछि प्रतिक्रिया दिँदै उनले प्रचण्डलाई सात पार्टीको साथ हुने बताए।
पोखरेलका अनुसार प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्ने सहमति बनेको हो।
पोखरेलले प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसले अग्रसरता र पहलकदमी लिन नसकेपछि आफूहरु अघि बढेको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री बन्नका लागि संविधानको धारा ७६ (२) दिएको समय आइतबार बेलुका ५ बजे सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।