काठमाडौं– नागरिक उन्मुक्ति पार्टिकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेकपा एमाले र माओवादी सहित ६ दलको समिकरणमा जाने बताएकी छन्।
बालकोटमा भएको बैठकमा पहिलो चरणमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने सहमति भएको छ।
बालकोटमा भएको सहमतिअनुसार आफूहरुको समर्थन प्रधानमन्त्री प्रचण्डलाई हुने श्रेष्ठको भनाइ छ।
श्रेष्ठले भने आफु बालकोट नगएर सीधै राष्ट्रपति भवन शीतलनिवास जाने बताइन्। उनी भन्छिन्, ‘अहिले म बानेश्वर छु। बालकोट नगइकन सीधै शीतलनिवास जादैँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।