काठमाडौं- २०७७ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल माइतिघरस्थित सडकमै बसेका थिए। उनीहरुले छातिमा टाँसिएको थियो- हामी यहाँ छौं।
उनीहरुले तत्काली नेकपाका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन गरेका थिए। ओलीले पुस ५ गते संसद् विघटन गरेर चुनाव घोषणा गरेपछि उनीहरुको प्रतिवाद थियो।
प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहका रुपमा उनीहरुले माइतीघरबाट आन्दोलन सुरु गरेका थिए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहको कमिटी बैठकले ओलीबिरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गर्दै सडक तताएको थियो।
यो बीचमा प्रचण्डले ओलीविरुद्ध आन्दोलन गरे। उनलाई सत्ताबाट बाहिर पारेर नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवालाई सत्तारोहण गराए। कांग्रेससँगै मिलेर एमालेविरुद्ध चुनाव लडे।
आज २०७९ पुस १० गते। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीनिवास बालकोट पुगेका छन्। तर, नयाँ सरकारका लागि कांग्रेससँग कुरा नमिलेपछि प्रचण्डले नयाँ समिकरणको प्रयास थालेका छन्।
ओलीसँग फेरि मिलेर सरकार बनाउनेगरी प्रचण्डको छलफल अगाडि बढेको छ। यो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने छुटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।