काठमाडौं- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार नफर्किए आफूहरु छलफलमा जुट्ने बताएका छन्।
आइतबार बिहान बालुवाटारमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छलफलमा बसेका थिए। तर सहमति जुट्न सकेको थिएन।
प्रचण्डले बालुवाटारको छलफलमा 'थप छलफलको कुनै अर्थ छैन, गठबन्धन अब बालुवाटारमै बिसाउँछु' भनेर निस्किएका थिए।
'प्रचण्ड र माधव नेपाल के गर्नुहुन्छ, थाहा भएन। तर हामी ३ बजे बैठक बसेर निर्णय गर्छौँ', खड्काले भने।
संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुन नसके धारा ७६ (३) अनुसार देउवाको नेतृत्वमै सरकार गठन हुनसक्छ। कांग्रेसको रणनीति सोही परिस्थिति अख्तियार गर्ने छ।
यसैबीच, प्रचण्ड लगायतका नेता केपी शर्मा ओली निवास बालकोट पुगेका छन्। त्यहाँ एमाले र माओवादी केन्द्र लगायतका पार्टीहरु मिलेर बहुमत जुटाउने कसरत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।