काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पुगेका छन्।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग सहमति जुट्न नसकेपछि उनी विकल्पमा छलफल गर्न बालकोट पुगेका हुन्।
अध्यक्ष ओलीको सचिवालयका सदस्य रामशरण बजगाईंले बालुवाटार आउने सूचना पाएको बताएका छन्। उनी बाटोमा रहेको जानकारी उनले दिए।
सत्ता गठबन्धनको निर्णायक बैठक बस्ने भनेर बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग ‘वान टू वान’ र माधव नेपाल समेत राखेर छलफल गरेका थिए।
उक्त छलफलमा पद बाँडफाँट तथा प्रधानमन्त्रीमा आलोपालो गर्ने कुरामा सहमति नभएपछि प्रचण्ड निस्किएका हुन्। प्रचण्ड निस्किएपछि सँगै नेपाल र खनाल समेत निस्किएका छन्।
योसँगै सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।