काठमाडौं- सत्ता गठबन्धनका प्रमुख तीन दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीचको छलफल सहमतिबिना नै टुंगिएको छ।
बालुवाटारमा भएको छलफलमा सहमति जुट्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘सम्मानित नेता’ झलनाथ खनाल बाहिरिएका छन्।
तीन नेता बाहिरिएपछि देउवा निकट नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अन्तिम समयमा सहमति हुने बताएका छन्। ‘तपाईंहरुलाई सबै कुरा थाहा छ, सबै कुरा कहिले हुन्छ? अन्तिम घडीमा हुन्छ’, उनले भने।
उनले गठबन्धन अहिले मुलुकको आवश्यकता रहेकोमा जोड दिए। केही समयपछि गठबन्धनको बैठक बस्ने बताए। ‘केही छिनपछि फेरि गठबन्धनको बैठक बस्छ। हामी एउटा निर्णयमा पुग्छौं’, उनले भने।
उनले प्रधानमन्त्री देउवाले निरन्तर छलफल गरेर गठबन्धनलाई निष्कर्षमा पुर्याउने आफूलाई विश्वास लागेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।