काठमाडौं- प्रतिनिधि सभातर्फ २ सांसद कम हुने भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका दुई सांसद निलम्वित हुने भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले दुई सांसदमाथि अभियोग रहेको पत्र पठाएपछि उनीहरुले सरकार गठनको प्रक्रिायमा सहभागी हुन नपाउने भएका हुन्। प्रतिनिधि सभातर्फ मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ र महोत्तरी-१ वाट निर्वाचित लक्ष्मी महतो कोइरी निलम्वित हुने भएका छन्।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले उनीहरुको पत्र संसद सचिवालयलाई प्राप्त भएको र सम्बन्धित दललाई जानकारी दिने बताए उनले आगामी संसदीय गतिविधिमा उनीहरुले अब संलग्न हुन नपाउने बताए।
सरकार बनाउने चलखेल चलिरहँदा सत्ता गठबन्धनले पनि एक सिट गुमाउने भएको छ। कांग्रेसको अब ८८ सिट हुने भएको छ। त्यस्तै नेकपा एमालेको पनि एक सिट कम हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदैछ। अन्तिम दिन सत्ता गठबन्धनभित्र भागबन्डा मिलाउने रस्साकस्सी चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।