काठमाडौं– सत्ता गठबन्धन दलका प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टू वान’ वार्ता भइरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वार्ता कक्षमा प्रवेश गरेका छन्।
आइतबार सत्ता गठबन्धन दलहरुको बैठक बस्नुअघि देउवा र प्रचण्डबीच एक्लाएक्लै छलफल भइरहेको थियो। उनीहरुबीच छलफल चलिरहकै अवस्थामा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रवेश गरेका हुन्।
आइतबार बिहान प्रधानमन्त्री र राष्ट्रपति छाड्न नसकिने सन्देश सहित कांग्रेस नेता बिमलेन्द्र निधि प्रचण्ड निवास खुमलटार पुगेका थिए। सत्तारुढ गठबन्धनबीच भाग बण्डाको विषयमा सहमति नहुँदा सकस देखिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको धारा ७६को उपधारा २ अनुसारको बहुमत पेस गरी सरकार गठनको आह्वान गरेको सात दिने समयसीमा आज सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।