फाइल तस्बिर
काठमाडौं- सत्ता गठबन्धनलाई टिकाउन प्रधानमन्त्रीमा तीन दलबीच ‘दुई-दुई-एक’ वर्षमा छलफल भइरहेको बुझिएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले दुई वर्ष सरकार चलाउने तथा एकीकृत समाजवादीलाई एक वर्ष दिनेगरी छलफल भएको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रस्तावमा परिपक्वता भएको भन्दै छलफलबारे पुष्टि गरेका हुन्। ट्विटरमा लेख्दै शर्माले भनेका छन्, `एक्लो बहुमत´ हामी कसैसँग छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ l त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौं! २/२/१ मा परिपक्वता छ।’
तर यसको इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी रहेको उनले बताएका छन्। शनिबारको गठबन्धनको बैठकमा उक्त विषयमा छलफल भएको बताइएको थियो।
उक्त विषयमा दलहरुको विमति नदेखिए पनि सुरुमा कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। बालुवाटारमा आइतबार ११ बजेदेखि सत्ता गठबन्धनको बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।