• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नयाँ सरकार गठनमा सकस :

राष्ट्रपतिका दुई विकल्प, समय थप होला कि उपधारा ३ अघि बढ्ला? 

64x64
नेपाल लाइभ आइतबार, पुस १०, २०७९  ०८:५९
1140x725

काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधि सभा  र प्रदेश सभाको निर्वाचन परिणाम बुझेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिँदै संविधानको धारा ७६को उपधारा २ अनुसारको बहुमत पेस गरी सरकार गठनको आह्वान गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले पुस ३ गते  दिएको समय आइतबार समाप्त हुँदैछ। तर सरकार गठनको प्रस्ताव अन्तिमदिनसम्म कसैले पेस गर्न सकेका छैनन्। नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनभित्र विवाद देखिएको छ भने प्रमुख प्रतिपक्ष रहेको नेकपा एमाले सत्ता गठबन्धन विभाजन नभई बहुमत पुर्‍याउन नसक्ने भएकाले पर्ख र हेरको अवस्थामा छ।

निर्णायक भनि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न सकेन। उक्त बैठकमा आलोपालोमा प्रधानमन्त्री हुने हो भने माओवादी  केन्द्र र एकीकृत समाजवादीले पनि केही समय प्रधानमन्त्री पाउनुपर्ने कुरा उठ्यो। खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व सुरुमै दाबी गरेका कारण समस्या भएको सत्ता गठबन्धनको आरोप छ। 

तर माओवादी केन्द्रले देउवालाई नै प्रधानमन्त्री समर्थन गर्दा पुरानै सरकारको निरन्तरता हुने भएकाले आफूले पाउनुपर्ने दाबी गरेको छ। सरकार निर्माणमा आफूहरु निर्णायक शक्ति भएका कारण सुरुमै सरकारको नेतृत्व वा शक्ति बाँडफाँटको प्रष्ट सहमति हुनुपर्ने माओवादी अडान छ।

सत्ता गठबन्धनभित्रका दलहरुको यही अडानका कारण राष्ट्रपतिले दिएको समयमा सरकार नबन्ने सम्भावना बढेको छ। प्रधानमन्त्री देउवाले अन्तिम प्रयासका लागि आज बिहान बैठक बोलाएका छन्। उक्त बैठकमा सहमति हुन सकेन भने सत्ता गठबन्धनको निरन्तरता नहुने संकेत कांग्रेसले गरेको छ। 

सत्ता गठबन्धनभित्र रहेको माओवादीले अडान राखेपछि कांगेसले एमालेसँग पनि समानान्तर रुपमा छलफल थालेको छ। शुक्रबार सत्ता गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवाले आफू निकट नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पठाएका थिए।

राष्ट्रपतिका दुई विकल्प : उपधारा ३ मा जाने कि समय थप दिने
राष्ट्रपति भण्डारीसँग अब सरकार निर्माणका लागि दुईवटा विकल्प रहेको संवैधानिक कानुनका जानकारहरुको टिप्पणी छ। भण्डारीसँग भएको पहिलो विकल्प हो दोस्रो पटक धारा ७६को उपधारा २ अनुसारकै सरकार गठनका लागि थप सहमति गर्न समय दिने्। त्यसका लागि सत्ता गठबन्धनले आग्रह गर्नसक्ने  बुझिएको छ। सत्ता गठबन्धनले गरेको आग्रहलाई स्वीकार गर्दै राष्ट्रपति यो विकल्पमा जान सक्ने देखिन्छ।

दोस्रो हो अर्को उपधारामा अघि बढ्ने। सरकार निर्माणको धारा ७६को २ मा कसैले पनि दाबी नगरेकाले राष्ट्रपतिले उपधारा ३ अनुसारको सरकार गठनको प्रक्रिया सुरु गर्न सक्ने संवैधानिक कानुनका विज्ञ चन्द्रकान्त ज्ञवालीले बताए। उपधारा १ अनुसारको सरकार गठन हुन सक्न अंकगणित छैन र २ अनुसार समय दिँदा दलहरुले पेस गर्न नसकेकाले राष्ट्रपति अब उपधारा ३ मा जान सक्ने उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

उक्त धारामा सरकार गठनका चार विकल्प छन्। ती सबै धारालाई राष्ट्रपतिले क्रमैसँग आह्वान गर्ने उनले बताए। राष्ट्रपति कार्यालयस्रोतका अनुसार के गर्ने भन्ने बारेमा राष्ट्रपतिले आज बेलुकासम्म एउटा निर्णय लिनसक्नेछिन्। राष्ट्रपतिसँग दुवै विकल्प खुला भएकोले तीमध्ये एकमा जाने स्रोतले बतायो। राष्ट्रपति भण्डारीको मुड अब समय दिनेभन्दा उपधारा ३मा जाने तयारीमा छन्।

सविधानको धारा ७६को ३ मा ‘प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ,’ भनिएको छ। 

यो धारा अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा सिधै प्रधानमन्त्री नियुक्त हुनसक्ने छन्। उक्त धारा अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ। संविधानको धारा ७६को उपधारा ४ मा  ‘(२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ’ भनिएको छ।

यसका लागि उनले एमाले वा अन्य दलसँग पहल गर्नुपर्नेछ। यदि विश्वासको मत प्राप्त भएन भने सरकार गठनको प्रक्रिया संविधानको धारा ७६को उपधारा ५मा जाने छ। उपधारा ५मा  ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ

यसमा प्रतिनिधि सभाका जुनसुकै सदस्यले १३८ सांसद पुर्‍याउन सके सरकार बनाउने छ। सरकार बनाएर विश्वासको मत पाएमा उसले सरकार चलाउन सक्छ। यदि यो उपधारा अनुसार पनि सरकार गठन हुन सकेन भने प्रतिनिधि सभा सरकार दिन नसकेको ठहर हुँदै स्वत विघटन हुने संवैधानिक कानुनका विज्ञहरुको तर्क छ।

अघिल्लो प्रतिनिधि सभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ र त्यसपछि यो प्रक्रिया पूरा नगरी विघटन गरेकाले सर्वोच्चले सरकार दिनसक्ने विकल्प रहेसम्म विघटन हुन नसक्ने व्याख्या गरेको थियो। यदि कुनै पनि धारा अनुसार सरकार गठन भएन भने उपधारा ३ अनुसार नियुक्तका भएका प्रधानमन्त्री देउवाले नै विघटन गरेर मध्यावधि निर्वाचन गराउने छन्। 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  ०८:५९
  • #नयाँ सरकार गठनमा सकस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्