काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले गत मंसिर ४ मा जितेर संसद् छिरेका नयाँ सांसदहरूप्रति कडा टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत कवितात्मक शैलीमा यस्तो शनिबार यस्तो टिप्पणी गरेका हुन्।
‘नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू,’ बालेनले फेसबुकमा चार लाइनमात्र लेखेका छन्।
उनले के प्रशंगमा यस्तो लेखेका हुन् त्यो भने खुलाएका छैनन्।
र्यापर पृष्ठभूमिका बालेन कविता र गीत पनि लेख्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।