• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार निर्माणका लागि नेताहरूको दौडधुप तीव्र, गठबन्धनमा सहमति जुटाउनै सकस 

64x64
नवीन झा शनिबार, पुस ९, २०७९  २१:१९
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साझ सम्ममा प्रधानमन्त्रीका लागि सिफारिस गर्न दिएको समयसीमा सकिन २४ घण्टाभन्दा कम समय बाँकी रहँदा दलका शीर्ष नेताहरूको दौडधुप तीव्र देखिएको छ। यद्यपि, शनिबार साँझसम्म कुनै पनि दलले राष्ट्रपतिले आव्ह्यान गरेअनुसार दाबी गर्ने आधार बनाउन सकेको छैन।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्नो सांसदहरूको हस्ताक्षर संकलन गरेर राखेका छन्।  

बहुमतका लागि आवश्यक संख्या पुुग्नेगरी चाहिने दुुई वा सोभन्दा बढी दलमा नयाँ प्रधानमन्त्री चयनका लागि सहमति भइसकेको छैन। 

वर्तमान सता गठबन्धनभित्र सहमति गरेर नयाँ प्रधानमन्त्री सिफारस गर्ने बारेमा शनिबार अबेर साझसम्म बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ। बैठक बिनाकुनै ठोस निष्कर्ष सकिएको छ र आइतबार पुनः बस्ने जनाइएको छ। 

गठबन्धनको बैठकअगाडि शनिबार बिहान कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर छलफल गरेका थिए।

पौडेलेले आफूले प्रचण्ड र नेपाललाई गठबन्धन नभत्काउन आग्रह गरेको जानकारी दिएका छन्। पौडेल एकाबिहानै पौनै ७ बजे नै प्रचण्ड निवास खुमलटार पुुगेका थिए। खुमलटारमा प्रचण्डसँग एक घण्टाभन्दा बढी विताएका पौडेल त्यहाँबाट सिधँै नेपालनिवास कोटेश्वर पुुगेका थिए। 

कांग्रेस नेता पौडेल शनिबार बिहानैदेखि नेताहरूसँग संवाद गर्नुुअघि शुक्रबार अबेर रातिसम्म वालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। शुक्रबार राति राष्ट्रपतिले आइतबारसम्मका लागि दिएको दिएको समयसीमा बारेमा वालुवाटारमा छलफल भएको थियो। जहाँ प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले नेता पौडलसहित पार्टीका उपसभापति पूर्णबहादुर खड्का र मन्त्रीहरू बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गरेका थिए। वालुवाटार स्रोतका अनुसार शुक्रवार सो छलफलअनुसार नै पौडेलले शनिबार बिहानै माओवादी र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुरा गरेका थिए। 

यता, काग्रेस नेता पौडलसँग कुरा गरेपछि माओवादी अध्यक्ष प्रचण्डले आफना पार्टीका नेताहरूसँग निवासमा केही समय छलफल गरेका थिए। त्यस छलफलपछि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित एकीकृत समाजवादीका अध्यक्ष नेपालनिवास कोटेश्वरतर्फ लागेका थिए। नेपाल निवास कोटेश्वरमा प्रचण्ड, श्रेष्ठसहित जसपा अध्यक्ष उपेन्द्र यादव पनि पुुगेका थिए। त्यसपछि यी नेताहरूका बीचमा झण्डै डेढ घण्टा छलफल चलेको थियो। जसपा अध्यक्ष यादवसहितको उपस्थितिमा भएको छलफलमा के कुराकानी भयो भन्ने खुलाइएको छैन। यद्यपि, प्रचण्डसँग बिहान कुराकानी गरेका कांग्रेस नेता पौडेलले गठबन्धन नतोड्न गरेको आग्रहले कतै प्रचण्ड नयाँ समीकरण बनाउन लागेका त होइनन् भन्ने आशंका उत्पन्न भएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, नेपाल निवासबाट खुमलटार पुुगेलगत्तै प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खडकासँग पनि कुराकानी गरेका छन्। त्यस भेटलगत्तै माओवादी नेता वर्षमान पुन प्रधानमन्त्री देउवासँग कुरा गर्न बालुवाटारतर्फ गएका थिए भने कांग्रेस उपसभापति खड्का प्रचण्डसँग  भेटेर एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि भेट्न कोटेश्वर पुुगेका थिए। खड्का प्रचण्ड र नेपाललाई भेटर प्रधानमन्त्री निवास बालुवाटार लागेका थिए। जहाँ दिउसो ४ बजे बाट सता गठबन्धनको बैठक बसेको थियो। 

सता गठबन्धनमा पहिलो प्रधानमन्त्री कांग्रेस कि माओवादी भनेर पछिल्लो समयमा विवाद देखिँदै आएको छ। माओवादीले पहिलो दुुई वर्षको प्रधानमन्त्री आफूलाई दिनुपर्ने दाबी गरेपछि कांग्र्रेस त्यो स्वीकार गर्ने मनस्थिति देखिएको छैन। कांग्रेस नयाँ संसद्को सबैभन्दा ठूलो दलको हैसियतले पहिले प्रधानमन्त्री पाउनुपर्ने दाबी गरिरहेको छ। काग्रेसले राष्ट्रपतिमा पनि दाबी गरेकाले माओवादीले प्रधानमन्त्री पद नछाड्ने अडान लिएको छ। कांग्रेसले प्रधानमन्त्री नदिएको खण्डमो वैकल्पिक अर्को समीकरण बनाएर भए पनि माओवादी नयाँ सरकार बनाउने दाउमा देखिन्छ। जसका लागि उनीहरूलाई दोस्रो ठूलो दल एमाले आवश्यक पर्न जान्छ। एमालेका नेताहरूले माओवादीसँगको संवाद जारी रहे पनि शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले ठीक समयमा ठीक निर्णय लिन नसकेका कारण अब प्रधानमन्त्री बन्न नसक्ने बताए। एमालेले माओवादीलाई सता गठबन्धन छाडेर आएमा नयाँ सत्ता समीकरण बनाउन सक्ने संकेत यसअघि नै गरेका थिए। तर, प्रचण्डले सकभर सता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने रणनीतिमा देखिएपछि एमाले अध्यक्ष ओलीले शनिबार अब माओवादीलाई सर्मथन गर्न नसकिने बताएका छन्। 

यद्यपि, राष्ट्रपतिले आइतबारसम्म दिएको समयसीमा सकिनै लाग्दा शनिबार साँझसम्म कांग्रेस, एमाले र माओवादीसहित तीनवटै दलहले आ–आफ्ना संसदहरूको हस्ताक्षर संकलन गरेर राखेका छन्।    यसरी हेर्दा एमाले पनि नयाँ सरकार निर्माणका लागि आन्तरिक तयारीमा रहेको देखिन्छ। तर, त्यसको चित्र भने शनिबार साझसम्म प्रष्ट देखिएको छैन। 

गठबन्धनको बैठकपछि कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नयाँ सरकार गठनका लागि शनिबार गठबन्धन बैठकमा गम्भीरतापूर्वक छलफल सुुरु भएको र आइतबार पुुनः बैठक गरेर निष्कर्षमा पुुगिने दाबी गरेका छन्। कार्कीले गठबन्धनबाटै नयाँ प्रधानमन्त्री बन्ने र त्यसकै लागि यो गठबन्धन नटुट्ने पनि दाबी गरेका छन्। उनले आइतबार बिहान बस्ने गठबन्धन बैठकले सहमति जुटाउने पनि दाबी ग्रेका छन्। तर, मन्त्री कार्कीले भनेजस्तै आइतबार सहमति भए पनि गठबन्धनका नेताहरूमा संशय र सकस एकसाथ देखिएको छ।  

यसैबीच, शुक्रबार अबेर राति कांग्रेस नेता विमलेन्द्र निधि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका छन्। माओवादीले कांग्रेसलाई प्रधानमन्त्री नदिएमा एमालेसँग पनि सहकार्य गर्न कांग्रेस तयार रहको यसले संकेत गर्छ।

यो पनि पढ्नुहोस

एमालेसँग मिलेर सरकार बनाउने छलफलमा कांग्रेस, निधि पुगे ओलीलाई भेट्न बालकोट


 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्