• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार निर्माणका लागि नेताहरूको दौडधुप तीव्र, गठबन्धनमा सहमति जुटाउनै सकस 

64x64
नवीन झा शनिबार, पुस ९, २०७९  २१:१९
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साझ सम्ममा प्रधानमन्त्रीका लागि सिफारिस गर्न दिएको समयसीमा सकिन २४ घण्टाभन्दा कम समय बाँकी रहँदा दलका शीर्ष नेताहरूको दौडधुप तीव्र देखिएको छ। यद्यपि, शनिबार साँझसम्म कुनै पनि दलले राष्ट्रपतिले आव्ह्यान गरेअनुसार दाबी गर्ने आधार बनाउन सकेको छैन।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्नो सांसदहरूको हस्ताक्षर संकलन गरेर राखेका छन्।  

बहुमतका लागि आवश्यक संख्या पुुग्नेगरी चाहिने दुुई वा सोभन्दा बढी दलमा नयाँ प्रधानमन्त्री चयनका लागि सहमति भइसकेको छैन। 

वर्तमान सता गठबन्धनभित्र सहमति गरेर नयाँ प्रधानमन्त्री सिफारस गर्ने बारेमा शनिबार अबेर साझसम्म बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ। बैठक बिनाकुनै ठोस निष्कर्ष सकिएको छ र आइतबार पुनः बस्ने जनाइएको छ। 

गठबन्धनको बैठकअगाडि शनिबार बिहान कांग्रेस नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर छलफल गरेका थिए।

पौडेलेले आफूले प्रचण्ड र नेपाललाई गठबन्धन नभत्काउन आग्रह गरेको जानकारी दिएका छन्। पौडेल एकाबिहानै पौनै ७ बजे नै प्रचण्ड निवास खुमलटार पुुगेका थिए। खुमलटारमा प्रचण्डसँग एक घण्टाभन्दा बढी विताएका पौडेल त्यहाँबाट सिधँै नेपालनिवास कोटेश्वर पुुगेका थिए। 

कांग्रेस नेता पौडेल शनिबार बिहानैदेखि नेताहरूसँग संवाद गर्नुुअघि शुक्रबार अबेर रातिसम्म वालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। शुक्रबार राति राष्ट्रपतिले आइतबारसम्मका लागि दिएको दिएको समयसीमा बारेमा वालुवाटारमा छलफल भएको थियो। जहाँ प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले नेता पौडलसहित पार्टीका उपसभापति पूर्णबहादुर खड्का र मन्त्रीहरू बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीसँग छलफल गरेका थिए। वालुवाटार स्रोतका अनुसार शुक्रवार सो छलफलअनुसार नै पौडेलले शनिबार बिहानै माओवादी र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग कुरा गरेका थिए। 

यता, काग्रेस नेता पौडलसँग कुरा गरेपछि माओवादी अध्यक्ष प्रचण्डले आफना पार्टीका नेताहरूसँग निवासमा केही समय छलफल गरेका थिए। त्यस छलफलपछि पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित एकीकृत समाजवादीका अध्यक्ष नेपालनिवास कोटेश्वरतर्फ लागेका थिए। नेपाल निवास कोटेश्वरमा प्रचण्ड, श्रेष्ठसहित जसपा अध्यक्ष उपेन्द्र यादव पनि पुुगेका थिए। त्यसपछि यी नेताहरूका बीचमा झण्डै डेढ घण्टा छलफल चलेको थियो। जसपा अध्यक्ष यादवसहितको उपस्थितिमा भएको छलफलमा के कुराकानी भयो भन्ने खुलाइएको छैन। यद्यपि, प्रचण्डसँग बिहान कुराकानी गरेका कांग्रेस नेता पौडेलले गठबन्धन नतोड्न गरेको आग्रहले कतै प्रचण्ड नयाँ समीकरण बनाउन लागेका त होइनन् भन्ने आशंका उत्पन्न भएको देखिन्छ। 

Ncell 2
Ncell 2

यद्यपि, नेपाल निवासबाट खुमलटार पुुगेलगत्तै प्रचण्डले कांग्रेस उपसभापति पूर्णबहादुर खडकासँग पनि कुराकानी गरेका छन्। त्यस भेटलगत्तै माओवादी नेता वर्षमान पुन प्रधानमन्त्री देउवासँग कुरा गर्न बालुवाटारतर्फ गएका थिए भने कांग्रेस उपसभापति खड्का प्रचण्डसँग  भेटेर एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि भेट्न कोटेश्वर पुुगेका थिए। खड्का प्रचण्ड र नेपाललाई भेटर प्रधानमन्त्री निवास बालुवाटार लागेका थिए। जहाँ दिउसो ४ बजे बाट सता गठबन्धनको बैठक बसेको थियो। 

सता गठबन्धनमा पहिलो प्रधानमन्त्री कांग्रेस कि माओवादी भनेर पछिल्लो समयमा विवाद देखिँदै आएको छ। माओवादीले पहिलो दुुई वर्षको प्रधानमन्त्री आफूलाई दिनुपर्ने दाबी गरेपछि कांग्र्रेस त्यो स्वीकार गर्ने मनस्थिति देखिएको छैन। कांग्रेस नयाँ संसद्को सबैभन्दा ठूलो दलको हैसियतले पहिले प्रधानमन्त्री पाउनुपर्ने दाबी गरिरहेको छ। काग्रेसले राष्ट्रपतिमा पनि दाबी गरेकाले माओवादीले प्रधानमन्त्री पद नछाड्ने अडान लिएको छ। कांग्रेसले प्रधानमन्त्री नदिएको खण्डमो वैकल्पिक अर्को समीकरण बनाएर भए पनि माओवादी नयाँ सरकार बनाउने दाउमा देखिन्छ। जसका लागि उनीहरूलाई दोस्रो ठूलो दल एमाले आवश्यक पर्न जान्छ। एमालेका नेताहरूले माओवादीसँगको संवाद जारी रहे पनि शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले ठीक समयमा ठीक निर्णय लिन नसकेका कारण अब प्रधानमन्त्री बन्न नसक्ने बताए। एमालेले माओवादीलाई सता गठबन्धन छाडेर आएमा नयाँ सत्ता समीकरण बनाउन सक्ने संकेत यसअघि नै गरेका थिए। तर, प्रचण्डले सकभर सता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने रणनीतिमा देखिएपछि एमाले अध्यक्ष ओलीले शनिबार अब माओवादीलाई सर्मथन गर्न नसकिने बताएका छन्। 

यद्यपि, राष्ट्रपतिले आइतबारसम्म दिएको समयसीमा सकिनै लाग्दा शनिबार साँझसम्म कांग्रेस, एमाले र माओवादीसहित तीनवटै दलहले आ–आफ्ना संसदहरूको हस्ताक्षर संकलन गरेर राखेका छन्।    यसरी हेर्दा एमाले पनि नयाँ सरकार निर्माणका लागि आन्तरिक तयारीमा रहेको देखिन्छ। तर, त्यसको चित्र भने शनिबार साझसम्म प्रष्ट देखिएको छैन। 

गठबन्धनको बैठकपछि कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नयाँ सरकार गठनका लागि शनिबार गठबन्धन बैठकमा गम्भीरतापूर्वक छलफल सुुरु भएको र आइतबार पुुनः बैठक गरेर निष्कर्षमा पुुगिने दाबी गरेका छन्। कार्कीले गठबन्धनबाटै नयाँ प्रधानमन्त्री बन्ने र त्यसकै लागि यो गठबन्धन नटुट्ने पनि दाबी गरेका छन्। उनले आइतबार बिहान बस्ने गठबन्धन बैठकले सहमति जुटाउने पनि दाबी ग्रेका छन्। तर, मन्त्री कार्कीले भनेजस्तै आइतबार सहमति भए पनि गठबन्धनका नेताहरूमा संशय र सकस एकसाथ देखिएको छ।  

यसैबीच, शुक्रबार अबेर राति कांग्रेस नेता विमलेन्द्र निधि एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका छन्। माओवादीले कांग्रेसलाई प्रधानमन्त्री नदिएमा एमालेसँग पनि सहकार्य गर्न कांग्रेस तयार रहको यसले संकेत गर्छ।

यो पनि पढ्नुहोस

एमालेसँग मिलेर सरकार बनाउने छलफलमा कांग्रेस, निधि पुगे ओलीलाई भेट्न बालकोट


 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  २१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए ।  उनी बुधबार राति मात्रै ज्वागलबाट गएका थिए... बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्। बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले आफू यसपालीको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । यद्यपि उनले आफू... बिहीबार, पुस १०, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्