तस्बिर : रासस।
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्। उनी शुक्रबार जनकपुरधाम पुगेको उनको सचिवालयले जनाएको छ।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो। सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।
पूजापाठपछि उनी यात्री निवास गेष्ट हाउस गएका थिए। शुक्रबार दिउँसो जनकपुरधाम पुगेका उनी साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी हुनेछन्।
पूर्वराजा ज्ञानेन्द्रसँग पूर्वमहारानी कोमल शाह पनि साथमै छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।