सुर्खेत- लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले अहिलेको सत्ता गठबन्धन टुट्न नहुने बताएका छन्। वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभामा सम्बोधन गर्दै उनले गठबन्धनको निरन्तरताको पक्षमा धारणा राखेका हुन्।
'अहिलेको सत्ता गठबन्धन टुट्नु हुँदैन', झाको धारणा थियो, 'आफ्नो व्यक्तिगत महत्त्वाकांक्षालाई त्यागेर भए पनि यही गठबन्धनले स्थिर सरकार बनाउनुपर्छ। र, मुलुकको स्थिरता र समृद्धितर्फ अघि बढ्नुपर्छ।'
उनले अहिलेकै शासकीय स्वरुपबाट आम जनताले खोजेको परिवर्तन सम्भव नभएको बताए। सबै मिलेर नयाँ विकल्प खोज्नुपर्ने उनको धारणा थियो।
अहिलेको चुनाव अत्यन्तै महंगो भएको बताउँदै उनले निर्वाचन प्रणालीमा परिवर्तन नगरी भ्रस्टाचार नियन्त्रण गर्न नसकिने बताए।
झाले पत्रकारहरुलाई उत्पीडित जातजाति र समुदायको हक हितको निम्ति अझै आवाज उठाउन आग्रह पनि गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।