• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेपालको भावी राष्ट्रपतिमा प्राध्यापक सूर्य सुवेदीको चर्चा

64x64
नेपाल लाइभ शुक्रबार, पुस ८, २०७९  २०:३५
1140x725

लन्डन- आम निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठनका लागि जोड-घटाउ चलिरहेका बेला अब को राष्ट्रपति बन्ला भन्ने चर्चासमेत चुलिरहेको छ।

नेपालको संविधान र कानूनबारे गहिरो ज्ञान भएको, राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित र स्वच्छ छविका गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्नेमा धेरैको सहमति देखिन्छ ।

अहिले सम्भावित राष्ट्रपतिको पंक्तिमा पूर्वप्रधानन्यायाधीशदेखि सर्वोच्च अदालतका पूर्वन्यायाधीशहरूको नामसमेत चर्चामा छ ।

यसैक्रममा बेलायतका एकजना प्रतिष्ठित नेपाली प्राध्यापक डा सूर्यप्रसाद सुवेदीको नाम पनि अग्रपंक्तिमा आएको छ ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा सुवेदी लमजुङको एक सामान्य परिवारमा जन्मिएका हुन् । तर, लमजुङदेखि बेलायतसम्मको जीवनयात्रामा उनले कैयौं उपलब्धि हासिल गरेका छन् ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् उनी । अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि हासिल गर्ने व्यक्ति पनि उनी पहिलो हुन् ।

'प्राज्ञिक र कानूनी क्षेत्रमा उत्कृष्ट उपलब्धि'

प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उनी बेलायतकै शीर्षस्थ व्यक्तित्वभित्र पर्छन् ।

nimb
nimb
Ncell 2
Ncell 2

उनले लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयसहित संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका छन् ।

नेपालमा जनमत संग्रह ल्याउने प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गर्दा जेलसमेत भोगेका प्रा सुवेदीले दोस्रो जन-आन्दोलनलाई अन्तरराष्ट्रिय स्तरमा बौद्धिक र नैतिक समर्थन जुटाउन अग्रणी भूमिका निर्वाह गरेका थिए।

उनले आफू बेलायतमा रहेर पनि नेपाललाई महत्वपूर्ण योगदान दिएका छन् ।

भारतीय नाकाबन्दीका बेला कूटनीतिक समाधान पहिल्याउन होस् वा अमेरिकी परियोजना एमसीसी पारित गर्न सकस परिरहेका बेला होस्, अप्ठेरो परिस्थितिमा नेपालका शीर्ष नेताहरुलाई सुझाव सल्लाह दिंदै संकटको गांठो फुकाउंदै आएका सुवेदी बेलायतको परराष्ट्रमन्त्रीका सल्लाहकारसमेत भइसकेका छन् ।

‘वास्तवमा नेपालको अग्रगामी परिवर्तनका लागि प्राध्यापक सुवेदीलाई नेपालले खोज्नुपर्ने बेला आएको छ', लन्डन बस्ने एनआरएनए अध्यक्ष कुल आचार्य भन्छन्, 'उहाँ जस्तो वौद्धिक व्यक्तित्व राष्ट्रप्रमुख भइदिए देशले एउटा भरपर्दो अभिभावक पाउने र संवैधानिक प्रक्रियाले स्थायित्व पाउने आशा गर्न सकिन्थ्यो ।' 

सुवेदीले नेपालमा गरेको योगदानबापत तत्कालिन राजा र राष्ट्रपतिबाट उच्चस्तरका कैयौं मान–पदवी उपाधि पाएका छन्।

उनले अन्तर्राष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् भने नेपाल र बेलायत लगायत चीन, द नेदरल्यान्ड्स, भियतनाम, इन्डोनेसिया, लाओस र कतार गरि १० वटा देशलाई कानूनी सल्लाह दिएका छन्।

'राष्ट्रको सम्मान र गौरव'

"मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता  उच्च उपाधि प्राप्त प्रा सुवेदी नेपाल र नेपालीले सम्मान गर्नु पर्ने विरलै व्यक्तित्वमा पर्दछन्," लन्डनलाई कार्यथलो बनाएका व्यवसायी तथा समाजसेवी रविजंग लामिछानेले भने।  "यस्ता व्यक्तित्वलाई समयमै उचित जिम्मेवारी दिएर हामीले राष्ट्रको सम्मान र गौरव बढाउनु पर्छ। "

प्रा सुवेदीको विद्वत्ताको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालय र बेलायतको रोयल एसियाटिक सोसाइटीले उनको नाममा वार्षिक पुरस्कार स्थापना गरि उनलाई एक किसिमको बौद्धिक अमरत्व पनि प्रदान गरेका छन्।

क्याम्बोडियाका लागि संयुक्त राष्ट्र संघको विशेष प्रतिवेदक (स्पेशल -यापोर्टीअर) को जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका प्रा सुवेदीले नेपाल सरकारको प्रतिनिधि मण्डलको सदस्य भएर संयक्त राष्ट्र संघ र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिएका छन् भने अन्य धेरै अन्तर्राष्ट्रिय मंचमा नेपालको सशक्त प्रतिनिधित्व गरेका छन् । उनले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोष फ्रान्सको मार्से शहरमा आयोजित विश्व सम्मेलनको कानूनी सल्लाहकारका रूपमा पनि काम गरेका छन्।

प्रा सुवेदीले गत सातामात्र बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् ।

युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक सम्झौता भएको थियो। 

‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तरराष्ट्रिय कानूनका प्रबुद्ध विद्वानहरुको मध्यस्थता (आर्बीट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो।

त्यही प्रावधानअनुसार युरोपेली संघ र बेलायतले अन्तरराष्ट्रिय कानूनका शीर्षस्थ विद्वानहरुको सूची तयार गर्ने क्रममा प्रा. सुवेदीले प्राध्यापकको रूपमा अन्तर्राष्ट्रिय कानूनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो ।

भारत भर्खर स्वतन्त्र भएको अवस्थामा देशले डा सर्वपल्ली राधाकृष्णन र डा राजेन्द्र प्रसाद जस्ता अन्तर्राष्ट्रिय छवि भएका बौद्धिक व्यक्तित्वहरुलाई राष्ट्रपति बनाएर लोकतन्त्रलाई राज्ययन्त्रका उपल्लो तहमा व्यावहारिक रूपमा संस्थागत गरि राष्ट्रको छवि संसारमा निकै उच्च बनाएको थियो। डा राधाकृष्णन राष्ट्रपति हुनु अघि बेलायतमा प्राध्यापक थिए। दूरदर्शी नेताहरु भएको अरु धेरै देशले पनि यस्तै गरेका प्रशस्त उदाहरण छन्।

उमेरले ६० को दशकको पूर्वार्द्धमा हिँडिरहेका र बौद्धिक रूपले नेपालको हितमा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सशक्त कलम चलाइरहेका प्रा सुवेदी एक परिपक्व कानूनविद्, परराष्ट्रविद् र राजनीतिविद् पनि हुन्।
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  २०:३५
  • #सूर्य सुवेदी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्