काठमाडौं– नेपाली कांग्रेस कर्णाली प्रदेशसभाको संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले शाहीलाई नेतामा सर्वसम्मत चयन गरेको हो।
मंसीर ४ को प्रदेश सभा निर्वाचनमा शाही हुम्ला प्रदेश– २ बाट निर्वाचित भएका थिए।
शाही कर्णाली प्रदेश काम चलाउ सरकारका मुख्यमन्त्री हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।