काठमाडौं– ग्लोबल आइएमई बैंक, कान्तिपथ शाखाले शुक्रबार वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। शाखाले डिजिटल बैंकिङ सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।
वित्तीय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंक बागमती प्रदेश प्रमुख ध्वजविक्रम साउदले बैंकको डिजिटल बैंकिङ सेवाबाट हरेक प्रकारका सुविधा उपलब्ध हुने बताए। उनले अब बैंकका हरेक ग्राहकले भौतिक रूपमा बैंकसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोसमेत दाबी गरे।
यस्तै, कार्यक्रममा बैंकको कान्तिपथ शाखाका शाखा प्रमुख यादव शर्माले बैंकको सेवा सुविधाका फाईदा, यसले ल्याएको अवसर र यसका समस्या समाधानका बिषयमा केन्द्रित रहेर उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको बताए।
बैंकको कान्तिपथ शाखाले काठमाडौंको एल्लो प्यागोडा होटलमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बैंकका ग्राहक, कर्मचारी गरी करिब तीनसय जना सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।