काठमाडौं– प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर सपथ ग्रहणपछि संवैधानिक प्रश्नमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधा सभा सदस्यको सपथ लिनुअघि मुख्यमन्त्री पदबाट पाण्डेले राजीनामा नदिएको बिषयमा संवैधानीक प्रश्नहरू खडा भएका थिए।
पाण्डेले संघीय सांसदको सपथ खाएको अर्कोदिन शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका छन्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पाण्डे धादिङ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।