काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दार्शनिक सुकरात र भगवान् गौतम बुद्धसँग दाँज्दै आफू सत्य अबलम्बन गर्ने व्यक्ति भएको बताएका छन्।
शुक्रबार पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबल कार्यक्रममा ओलीले आफू दार्शनिक रुपमा सत्यमा विश्वास गर्ने बताए।
‘म सत्यमा विश्वास गर्छु। मेरो दृष्टिकोणको मुख्य कुरा सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने हो। यस मामिलामा म सुकरात र बुद्ध जस्तै सत्य अवलम्बन गर्ने र अंगिकार गर्ने काम गर्छु,’ उनले भने।
नास्तिक र आस्थिकको प्रशंगमा आए पछि उनले आफू उत्तर कोरियाली नेताहरुको शालिकमा गएर झुक्ने गरेको बताए।
‘उत्तर कोरियाली नेताहरुको शालिक अगाडि पुगेपछि त्यहाँ गो डाउन प्लिज भन्ने गरिन्छ। त्योबेला निहुरिनु पर्छ। मैले पनि गर्नैपर्यो’ उनले भने।
आफूले पनि उत्तर कोरियाली नेताहरूलाई बुद्धको मूर्तिमा पुगेपछि झुक्न लगाएको पूर्वप्रधानमन्त्रीसमेत रहेक ओलीले बताए।
‘उत्तर कोरियामा बुद्धको राम्रो स्तुप छ। त्यहाँ बुद्धको मूर्ति भएको ठाउँमा पुगेपछि मैले पनि उनीहरुलाई भने, गो डाउन प्लिज,’ आफूले उनीहरुलाई लाइन लगाएर प्राथना गर्न लगाएको प्रशंग कोट्याउँदै उनले भने, त्यसअघि आफूलाई मुर्तीका अगाडि निहुरिनु पर्छ भन्ने लाग्दैन्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।