काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह तबला बजाउने गरेको बताए।
पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिबलको सत्रमा पत्रकार अखण्ड भण्डारीसँगको सम्वादमा ओलीले बालेनले तबला बजाउने प्रसंग उल्लेख गरेका हुन्।
पत्रकार भण्डारीले ओलीलाई ‘बाले शाहलाई किन तबला उपहार दिनुभयो?’ भनेर सोधेका थिए। जवाफमा ओलीले बालेनको तबला माटोबाट बनेको र माटो सार्दा फुटेका कारण आफूले अर्को तबला उपहारस्वरुप दिएको बताए।
‘बालेन्द्र शाहसँग माटोको तबेला थियो। ठाउँ सार्दा फुट्यो। उहाँसँग तबेला थिएन। मसँग मेटल तबला थियो। बलियो थियो। सार्दा पनि नफुट्ने खालको थियो। त्यसो भएर मैले बलियो, राम्रो क्वालिटीको तबेला यताउता लगेर सार्दा फुट्दैन। लैजाउ भनेर मैले गिफ्ट दिएँ।’
ओलीले आफूलाई साहित्य र संगितप्रति पनि रुचि भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।