काठमाडौं– सूर्या लाइफ र ज्योति लाइफ मर्जरपश्चात बिहीबारदेखि संयुक्त कारोबार सुरु भएको छ। गत असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका २ कम्पनीले बिहीबारदेखि ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’को नाममा संयुक्त कारोबार आरम्भ गरेका हुन्।
सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रजिस्टर्ड कार्यालय विराटनगर तथा केन्द्रीय कार्यालय शान्ताप्लाजा, ज्ञानेश्वर काठमाडौं तय भएको ५।
कम्पनीको अध्यक्षमा केशब प्रसाद भट्टराई चयन भएका छन् भने प्रकाश बिक्रम खत्री प्रमुख कार्यकारी अधिकृत र पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत भएका छन्।
मर्जर पश्चात सूर्यज्योतिको कूल चुक्ता पुँजी ४ अर्ब ५४ करोड र कूल लगानी २८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। दुई कम्पनीको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक सम्मको कूल जीवन बिमाकोष २२ अर्ब, कूल बिमाशुल्क २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी तथा नाफा ४२ करोड रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।