काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को एमएयू (प्रबन्धपत्रमा) हस्ताक्षर गर्दा नेपालको स्वार्थ सुनिश्चित भएपछि मात्र हस्ताक्षर गरेको बताएका छन्।
सेन्टर फर सोसियल इन्क्लुजन एण्ड फेडेरशनद्वारा शुक्रबार आयोजित ‘जीयोपोल्टिक्स एण्ड बीआरआई इन साउथ एसीया’ बिषयको छलफल कार्यक्रममा बोल्दै महतले उक्त कुरा बताएका हुन्।
सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीकालमा महत परराष्ट्रमन्त्री थिए। महतले आफ्नो उक्त कार्याकालमा एमओयूमा हस्ताक्षर गरेका थिए।
‘चीनले प्रस्ताव गरेका अनेक बिषयलाई परिवर्तन गरेर नेपालको स्वार्थ सुनिश्चित भएपछि मात्र हस्ताक्षर गर्यौँ,’ महतले भने।
बीआराआईको सम्बन्धमा नेपालमा पर्याप्त छलफल नभएको महतले दाबी गरेका छन्। यसका सिद्धान्त तथा अन्य प्रावधानमा पर्याप्त छलफल आवश्यक रहेको पनि महतले बताए। बीआरआईको अन्य मूलुकको अवस्थालाई हेरेर पनि यसलाई अघि बढाउनुपर्ने महतको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।