काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन– २ बाट निर्वाचित सांसद रवि लामिछानेले आफ्ना मतदाताको गुनासो सुन्न म्यासेसमार्फत हेल्लो रवि कार्यक्रम सुरु गरेका छन्। प्रतिनिधि सभा सदस्य पदको सपथ ग्रहणपछि सांसद लामिछानेले गुनासोमार्फत सूचना संकलन गर्ने संकल्प गरेका छन्।
‘हामीलाई संसद्सम्म पुर्याउन मद्दत गर्नुहुने देशभरी तथा विदेशमा समेत रहनु हुने सम्पूर्णमा आभार व्यक्त गर्दछौं। मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन– २ का आदरणीय मतदाताज्यूहरुलाई विशेष धन्यवाद दिन चाहन्छु,’ सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले भनेका छन्, ‘देशभरीका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर सुरुवात चितवन– २ बाट गर्दैछु। चितवन– २ मा जे परे पनि मलाई सूचना दिनु होला। अहिलेलाई ह्वाट्सएप म्यासेजमार्फत (कल होइन) गुनासो सूचना संकलन गर्नेछु। हाम्रा अन्य प्रत्यक्ष निर्वाचित सांसदज्यूहरूले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्दै हुनुहुन्छ।
लामिछाने यसअघि सांसदको सपथ ग्रहण नगर्दै चितवन– २ का विभिन्न क्षेत्रको स्थलगत अनुगमनमा उत्रिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।