काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सम्पन्न भएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीबाट निर्वाचित सांसदहरुलाई कार्यशाला सहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ।
त्यसैगरी, बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्ने निर्णय गरेको प्रतिनिधि सभाका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
आगामी सरकार गठनबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाबीच अहिले भेटवार्ता चलिरहेको छ।
संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतालाई चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।