काठमाडौं– प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ’थप सपथ’ मा हस्ताक्षर गरेका छन्।
लिङ्देनलाई सार्वजनिक गरेको फोटोमा उनले ’भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ लेखेर हस्ताक्षर गरेका हुन्।
‘अघिल्लो कार्यकालझैं आज पनि निर्धारित शपथका अतिरिक्त थप शपथ सहित प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण कार्यक्रममा सहभागी भइयो। फरक अघिल्लो कार्यकालमा म एक्लै थिएँ अहिले चौध जना,’ ट्विटरमा लेखेका छन्, ’भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु।’
उनले नेपाली भाषामा अन्य सदस्यले लिनेजस्तो शपथ पनि लिएका छन्। उनले लिएको थप शपथमा उल्लेख भएको विवरण ’भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह’ भन्ने भनाइलाई सार्वजनिक रुपमा पनि दोहोर्यावउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।