काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रमुख सचेतकमा हितराज पाण्डे चयन भएका छन्। बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले पाण्डेलाई सो जिम्मेदवारी दिएको हो।
पाण्डे माओवादी केन्द्रका समानुपातिक सांसद हुन्। संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो।
संसदीय दलको बैठकअघि बसेको पार्टीको पदाधिकारी बैठकले प्रचण्डलाई संसदीय दलको नेता र पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको थियो। संसदीय दलको उपनेतामा उपमहासचिवद्वय जनार्दन शर्मा र बर्षमान पुनले दाबी गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।