काठमाडौं– नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य भएका विश्वप्रकाश शर्मा सपथ ग्रहणपछि सुन्दरीजल पुगेका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सांसदहरुको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो।
त्यस लगत्तै शर्मा सुन्दरीजल पुगेका हुन्। ‘संसद्मा सपथ ग्रहण। सुन्दरीजलमा श्रद्धा अर्पण,’ शर्माले ट्विटरमा लेखेका छन्।
महेन्द्रले २०१७ पुस १ गते कु गरेपछि तत्कालीन बहालवाला प्रधानमन्त्री बीपी कोइरालालाई त्यहीँ थुनिएको थियो। शर्मा पनि बेलाबखत त्यहाँ पुग्ने गरेका छन्।
शर्माले कांग्रेसको १४औं महाधिवेशनका लागि सुन्दरीजल पुगेर महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए। उनी विजयी पनि भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।