काठमाडौं– नेकपा माओवादी केन्द्र, संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चयन भएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले पार्टी अध्यक्ष समेत रहेका प्रचण्डलाई दलको नेता चयन गरेको हो।
प्रमुख पार्टीहरुले यसअघि नै संसदीय दलको नेता चयन गरिसकेको भएपनि माओवादीले भने प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको शपथपछि मात्रै नेता चयन गर्ने जनाएको थियो।
यसअघि नै बसेको पार्टी पदाधिकारीको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको थियो।
बिहीबार नै बसेको बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ। श्रेष्ठ राष्ट्रिय सभा सदस्य (सांसद) हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।