काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन्।
प्रतिनिधि सभाको नव निर्वाचित सांसदको रुपमा बिहीबार सपथ ग्रहण पश्चात पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले उक्त कुरा बताएका हुन्। यही गठबन्धनबाट निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोले सरकार पनि यही गठबन्धनको बन्ने प्रचण्डको भनाइ थियो।
‘सबै प्रक्रिया सहज ढङ्गले अघि बढेको छ। संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो। आज शपथ ग्रहण पनि राम्रोसँग उत्साहका साथ सम्पन्न भयो। अब सरकार पनि त्यसैगरी बन्छ र काम अघि बढ्छ,’ प्रचण्डले भने, ‘यही गठबन्धनबाट सरकार बन्छ, हामी सल्लाह गर्दैछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।