काठमाडौं– नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।
यसअघि बसेको पदाधिकारी बैठकले दलको नेता अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै बनाउने सहमति गरिसकेको छ। त्यस्तै, प्रमुख सचेतकको जिम्मेदवारी हितराज पाण्डेलाई दिने सहमति भएको नेताहरुले बताएका छन्।
संसदीय दलको उपनेतामा भने उपमहासचिवद्वय जनार्दन शर्मा र बर्षमान पुनले दाबी गरेका छन्।
माओवादी केन्द्रको संसदीय दलको बैठकमा महिन्द्र राय यादव पनि सहभागी भएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादव माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट निर्वाचित भएका थिए।
एमाले पृष्ठभूमिका यादव २०६४ मा गठन भएको तमलोपाको संस्थापक भएर मधेस केन्द्रित राजनीति गरेका थिए। जसपा विभाजन भएसँगै डा बाबुराम भट्टराईको साथ लागेका यादवले नेपाल समाजवादी पार्टीको गठन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।