काठमाडौं- नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार संसद् र जनताप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन्।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा पद तथा गोपनीयताको सपथ ग्रहण पश्चात पत्रकारहरूसँग कुरा गर्दै थापाले सरकारको संसद्सँग भर र डर दुवै हुनुपर्ने बताए।
नागरिकको सांसदसँग कार्यकारिणी भूमिका हुनुपर्ने उनको भनाइ थियो।
विगतका संसद्मा पार्टी ह्विपको गलत प्रयोग हुने गरेको दष्टान्त दिँदै उनले सांसदहरू आफ्नो विधायकको रूपमा भूमिका निर्वाह गर्नेक्रममा कमजोर भएको बताए।
‘हामी कहाँ ह्विपको गलत प्रयोग र अभ्यास भएको छ। हामी सांसदहरू आफ्नो विधायकको रूपमा भूमिका निर्वाह गर्नेक्रममा कमजोर भएका छौं, हुन्छौं र चुक्छौं। अलि पछाडि एकदमै यान्त्रिक जस्तो हुन्छ,’ उनले भने, ‘सरकार पक्ष एक ठाउँमा, प्रतिपक्ष एक ठाउँमा। अनि हामीहरू क्रस पार्टी काम गर्दैनौं।’
सांसद थापाले संसद्मा थुपै्र नयाँ सांसद आएको बताउँदै उनीहरूसँग मिलेर संसद्ले गर्नुपर्ने केही काम रहको बताए। उनले ७० सालको संसद्को अनुभवअनुसार काम भइनरहेको आरोप लगाए।
‘यसअघि प्रत्येक महिनाको अन्तिम शुक्रबार अनिवार्य प्रश्नोत्तर गर्ने भन्ने राखेको भए पनि एक–दुईवटा बाहेक प्रयोग नै भएन। मन्त्रीसँग लिखित प्रश्नोत्तर कार्यक्रम समेत औपचारिकतामा सीमित रह्यो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।