काठमाडौं– प्रतिनिधि सभाका २७० सांसदले सपथ लिएका छन्। बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित समारोहमा नवनिर्वाचित सांसदहरुले सपथ लिएका हुन्।
सांसदहरुले ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन्। जबराले भने बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए।
सपथ ग्रहणमा ४ सांसद अनुपस्थिति भएको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए। उनीहरुको सपथ पछि हुने बताइएको छ।
बिहीबारको सपथ ग्रहणमा सहभागी नहुनेहरुमा रामकुमार राई (माओवादी केन्द्र), प्रेम बहादुर आले (नेकपा एकीकृत समाजवादी), माया राई (नेपाली कांग्रेस) र महिन्द्र राय यादव (माओवादी केन्द्र) छन्।
नेपाली बाहेक १४ भाषामा सपथ खाने भनेर सांसदहरुले नाम टिपाएका थिए।
(यसअघि प्रकाशित समाचारमा फरक विवरण परेकाले सच्याइएको छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।