शरदराज पाठक (फाइल तस्बिर)
काठमाडौं– विवेकशील साझा पार्टी परित्याग गरी रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेको दुई महिनापछि उनी पक्षका थप नेता राप्रपा प्रवेश गरेका छन्। ‘रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्ष’का भनिएका ४० जना राप्रपा प्रवेश गर्ने तय भएको हो।
मिश्रको सचिवालयले दिएको जानकारी अनुसार, शरदराज पाठकले महामन्त्रीको जिम्मेवारी पाएका छन्। विवेकशील साझामा पनि पाठक मिश्रनिकट मानिन्थे।
‘चुनावको चपेटाका कारण एकतालाई पूर्णता दिनमा केही ढिलाइ भएको हो। अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजनको कार्य सुरू गरिनेछ। हाल निम्नानुसारको ३५ जना राप्रपमा समाहित भएका छन्। बाँकी ५ जना छिटै मनोनयन गरिनेछ,’ मिश्रको सचिवालयले विज्ञप्तिमार्फत भनेको छ।
यस्तो छ जिम्मेवारी बाँडफाँट
वरिष्ठ उपाध्यक्ष: रवीन्द्र मिश्र
केन्द्रीय कार्य सम्पादन समिति: निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र।
महामन्त्री: शरदराज पाठक
सहमहामन्त्री: उज्वलकृष्ण श्रेष्ठ, अमृत पुडासैनी
साहयक महामन्त्री: हरिकृष्ण अधिकारी, सौरेन्द्र बहादुर शाह
केन्द्रीय सदस्य: अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, उद्दव प्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दिपक प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मण राज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु वस्याल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।